सोनाक्षीको धोको

शनिबार, २८ साउन २०७४, ०२ : ३२ शुक्रवार , Kathmandu
सोनाक्षीको धोको

सलमान खानको ‘दबंग’बाट लाइमलाइटमा आएकी बलिउड बाला सोनाक्षी सिन्हा पछिल्लो समय राम्रै फिल्म खेल्दै आएकी छन् । उनको अघिल्लो फिल्म ‘अकिरा’मा दबंग लेडीका रुपमा प्रस्तुत भएकी थिइन् । त्यस्तै जोन अब्राहमसँग ‘फोर्स टु’मा उनी पनि दबंग गर्लमा रुपमा प्रस्तुत भइन् । दुवै फिल्ममा उनी एक्सन अवतारमा आएकी थिइन् । २०१३ मा उनी अक्षय कुमारसँगको ‘होलिडे’मा होस्, साहिद कपुरसँगको ‘आर राजकुमार’ यी फिल्ममा पनि उनी केही रुपमा एक्सन अवतारमा आइन् । केहीअघि भारतको एक अग्रणी अखबारसँग कुराकानी गर्दै सोनाक्षीले आफूलाई सानैदेखि खेलकुदमा रुचि भएको र साक्षी मल्लिक, गीता फोगट, बक्सर मेरी कोम र महिला क्रिकेट टिमले आफूलाई आकर्षित गर्ने गरेको बताइन् । भनिन्, ‘स्कुलमा म भलिबल र फुटबल खेल्न पाउँदा फुरुङ्ग हुन्थे । मलाई टेनिस, स्विमिङ र बास्केटबल पनि मनपथ्र्यो । तर पनि मैले मार्सल आर्ट र बक्सिङ सिक्न पाइनँ ।’ यसरी हेर्दा खेलकुदमा रुचि भएकी सोनाक्षी फेरि पनि एक्सन अवतारमा आउन सक्ने धेरैको अनुमान छ । दर्शकले उनलाई आगामी फिल्ममा हेर्न भने केही समय प्रतीक्षा गर्नुपर्नेछ । सोनाक्षीका यसै वर्ष आउने ‘इत्तेफाक’ र ‘सर्कस’ दुई फिल्म हुन् ।

 

Leave A Comment