केटीको कीर्तिमान

शुक्रबार, २४ असार २०७३, ११ : २० शुक्रवार , Kathmandu
केटीको कीर्तिमान

केही वर्षअघि पपगायिका केटी पेरीले ‘रोर’ बोलको गीत लिएर आएपछि सांगीतिक क्षेत्रमा हलचल मच्चिएको थियो । युट्युबमा गीत सार्वजनिक हुनासाथ करोडौँ मानिसले उनको भिडियो हेरेका थिए । हलचल मच्चाउने क्रमलाई केटीले अझैसम्म जारी राखेकी छिन् । युट्युबमा ख्याति कमाएकी उनले अब ट्वीटरमा रेकर्ड कायम गरेर पुनः चर्चा बटुलेकी छिन् ।
केटीले ट्वीटरमा सबैभन्दा बढी फलोअर्स बनाएर कीर्तिमान कायम गरेको ट्वीटरले पुष्टि गरेको छ । आफ्नो आधिकारिक ट्वीटर एकाउन्टबाट ट्वीट गर्दै उसले नौ करोड फलोअर्स बनाएर केटीले कीर्तिमान कायम गरेको जनाएको छ । केटीपछि ट्वीटरमा सबैभन्दा बढी फलोअर्स बनाउने सेलिब्रिटी हुन्, गायक जस्टिन बिबर । उनलाई ट्वीटरमा ८ करोड ३९ लाख मानिसले फलो गरेका छन् ।

 

 

 

Leave A Comment