आशिरमानमााथि आश

आइतबार, ०४ भदौ २०७४, ०२ : ३३ शुक्रवार , Kathmandu
आशिरमानमााथि आश

‘ग्याङस्टर ब्लुज’बाट नेपाली रजतपटमा डेब्यु गर्न लागेका आशिरमान देशराजलाई ‘अपकमिङ’ स्टार भनेर फुक्र्याउने गरिएको छ । अझ, पहिलो फिल्म रिलिज नहुँदै १५ लाखमा ‘ब्रेकअप’ शीर्षकको फिल्ममा अनुबन्ध भएको खबर सार्वजनिक भएसँगै उनीप्रतिको अपेक्षा बढेर गएको छ । मोफसल टुरमा उनीप्रति युवतीले देखाएको चासोले पनि आशिरमानलाई स्टारको दौडमा दाबेदार बनाएको छ ।
तर, आउँदो शुक्रबार रिलिज हुने फिल्मको भने अपेक्षित ‘बज’ छैन । फिल्मको टिजर, ट्रेलर र गीतले खासै भ्युज पाएका छैनन् । त्यसमाथि फिल्मको विषय रिस्की मानिएको छ । नेपालमा ग्याङस्टर विधाका फिल्म दर्शकको रोजाइमा परेका छैनन् । यस्तोमा बाहिरिएका कन्टेन्टमा दर्शकको चासो नपरेपछि कतै उनको पनि दाजु आयुष्मानको जस्तै हालत हुने त होइन भनेर शंका बढेको छ ।  ब्यानर, हिट फिल्मको फ्रेन्चाइज र हिट निर्देशक हुँदाहुँदै पनि आयुष्मानको फिल्म ‘चपलीहाइट २’ फ्लप भएको थियो । कतै आशिरमानको पनि यही हाल नहोस् ।

 

Leave A Comment