सारा दुर्भाग्य

बुधबार, ०७ भदौ २०७४, ०१ : ०५ शुक्रवार , Kathmandu
सारा दुर्भाग्य

नेपालमा ९० प्रतिशत फिल्म फ्लप हुन्छन् तर रमाइलो आँकडा के छ भने फिल्म फ्लप हुन्छन् । निर्माता डुब्छन्, रोइकराइ गर्छन् । यो क्षेत्रबाटै पलायन हुन्छन् । तर कलाकार बेस्सरी चल्छन् । पहिलो फिल्म रिलिज नुहँदै थप चार पाँच फिल्म साइन गरिसक्न भ्याउँछन् । तर, ‘रुद्र’ बाट नेपाली फिल्ममा डेब्यु गरेकी सारालाई पहिलो फिल्मले चोटै चोट दिएको छ । निखिल उप्रेतिको भरमा रहेको ‘रुद्र’ बक्स अफिसमा नराम्ररी फ्लप भएको छ । योसँगै साराको नेपाली फिल्म उद्योगमा चम्कने सपना पनि चकनाचुर भएको छ ।
माथि भनिएजस्तै फिल्म फ्लप हुँदा पनि अधिकांश समय कलाकार चल्छन् । तर, सारालाई यो मौका प्राप्त हुने सम्भावना खासै छैन । ‘रुद्र’ फ्लप भएसँगै निखिलका दिन सकिएको टिप्पणी हुन थालेको छ र मानिसले सारालाई पनि निखिलकी हिरोइन भनेर दूरदूर गर्ने गरेका छन् । अझ त्यसमाथि साराको दोस्रो फिल्म पनि ‘पिंजडा ब्याक अगेन’ निखिलकै अपोजिटमा छ । भएन त साराको दुर्भाग्य !

Leave A Comment