काममा करिनाको लगाव

शनिबार, २५ असार २०७३, १२ : १४ शुक्रवार , Kathmandu
काममा करिनाको लगाव

बलिउड अभिनेत्री करिना कपुर काममा ज्यादै लगनशील छिन् । अहिले उनी गर्भवती छिन् । यस्तो अवस्थामा पनि आराम गरेर घरमै बस्नुको सट्टा उनी काममा व्यस्त छिन् ।
गत साता करिनाका श्रीमान् सैफ अली खानले करिना गर्भवती भएको खुलासा गरेका थिए । यो समाचार आउनासाथ केही फिल्म मेकरहरूमा बेचैनी छाएको थियो । करिनाले केही फिल्ममा काम गर्ने गरी हस्ताक्षर गरिसकेकी थिइन् । यस्तोमा गर्भवती भएपछि उनले काम रोक्ने त हैनन् भन्ने चिन्ता सबैको थियो ।
तर, गर्भवती हुँदैमा काम नरोक्ने संकेत करिनाले गरेकी छिन् । करिनाले ‘वीरे दी वेडिङ’मा काम गर्ने यसअघि नै तय भइसकेको थियो । निर्देशकसँगको छलफलमा उनले आगामी अगस्टदेखि फिल्मको छायांकन सुरु गर्ने निश्चय गरिसकेकी छिन् ।

 

Leave A Comment