हमलापछि श्रीलंकाले पाकिस्तान भ्रमण गर्दै

बुधबार, ०७ भदौ २०७४, ०१ : १५ शुक्रवार , Kathmandu
हमलापछि श्रीलंकाले पाकिस्तान भ्रमण गर्दै

आतंककारी हमलापछि पाकिस्तान भ्रमण गर्ने श्रीलंका क्रिकेट टोली पहिलो हुने भएको छ । आठ वर्षअघि आफ्नै टिममाथि लाहोरमा भएको डरलाग्दो आतंककारी आक्रमणपछि श्रीलंकाले पहिलो पटक पाकिस्तान भ्रमण गर्ने भएको छ । श्रीलंकाली टिममाथि भएको उक्त आक्रमणपछि पाकिस्तान जान लागेको श्रीलंका पहिलो अन्तर्राष्ट्रिय टिम हुनेछ ।
दक्षिण एसियाली प्रतिद्वन्द्वीमाथि भएको आक्रमणका कारण देशभित्र क्रिकेट हुन नसकेको अवस्थामा पाकिस्तान व्यग्रताका साथ अन्तर्राष्ट्रिय क्रिकेट फर्काउने अभियानमा थियो । त्यही अभियानअन्तर्गत पाकिस्तानले गरेको प्रस्ताव क्रिकेट श्रीलंकाले स्वीकार गरेको अधिकारीहरूले सोमबार बताएका छन् ।
२००९ मा भ्रमणकारी श्रीलंकाको राष्ट्रिय टोलीमाथि लाहोरमा आतंककारी आक्रमण भएयता २०१५ मा सीमित ओभरको खेलका लागि जिम्बाब्वेबाहेक अन्य देशले पाकिस्तान भ्रमण गरेका छैनन् । ८ जनाको ज्यान गएको उक्त हमलामा परी ७ खेलाडी घाइतेसमेत भएका थिए ।

Leave A Comment