सवारी किन्ने अवसर

शनिबार, १७ भदौ २०७४, ११ : १५ दिलीप पौडेल , Kathmandu
सवारी किन्ने अवसर

निजी व्यवसाय सञ्चालन गर्दै आएका चितवनका त्रिलोचन पराजुलीले नयाँ गाडी किन्ने योजनामा छन् । पराजुलीले सोमबार राजधानीको भृकृटिमण्डपमा अटोमोबाइल्स डिलर्स एशोसिएसन अफ नेपाल(नाडा)लेआयोजना गरेको ‘नाडा अटो शो’मा सबै गाडीको अवलोकन गरे । यो वर्षको दशैंमा गाडी भित्राउने योजना बनाएका पराजुलीको रोजाइनमा हुण्डाईको एक्ससेन्ट कार परेको छ ।
एक्ससेन्ट एसको ३० लाख ९६ हजार रुपैयाँ मूल्यको कार किन्ने निर्णयमा पुगेको पराजुलीले बताए । ‘साथिभाईसँग पनि परामर्श गरें,’ पराजुलीले भने, ‘स्टाइलिस र आरामदायी कार भएकोले एक्ससेन्ट एस मन प¥यो ।’
गाडी रोज्नको लागि शोरुममा भौंतारिनुपर्ने बाध्यता अन्त्य गर्नको लागि आयोजना गरिएको अटो शोमा उपभोक्तालाई पनि निकै सजिलो भएको छ । सबै कम्पनीका विशेषताको एकै ठाउँमा अध्ययन गरेर सवारी किन्ने अवसर पाएका छन् ।
सवारी हेर्नको लागि परिवार र साथिभाईसहित भृकुटिमण्डमा जानेको लर्को लागेको छ । अटो सोमा हुन्डाई, टाटा, फोर्ड, होन्डा, महिन्द्रा, टोयोटा, सुजुकी, डाट्सन, लगायत १६ ब्रान्डका चारपांग्रे सवारी साधन बिक्रीमा छन् । बजाज, यामाहा, हिरो, होन्डा, टिभिएस लगायत १९ ब्रान्डका दुईपांग्रे र टाटा, अशोक लेल्यान्ड, महिन्द्रालगायत ६ ब्रान्डका हेवी कमर्सियल सवारी साधन प्रदर्शनीमा छन् ।
गाडी छनोट गर्नको लागि राजधानीमात्र नभएर बाहिरी जिल्लाबाट पनि राजधानी आएका छन् । बुधबार भृकुटिमण्डपमा गाडी हेर्ने क्रममा भेटिका स्कुलको लागि गाडी हेर्न आएको बताए । ‘विभिन्न कम्पनीका गाडी एकै ठाउँमा हेर्न पाइने भएकाले आएको हुँ,’ पोखराबाट आएका प्रविण गुरुङले भने, ‘मेला निकै उपयोगी भएको छ ।’
नयाँ सवारी किन्नेलाई लक्षित गरेर हरेक वर्ष नाडा अटो सोको आयोजना हुने गरेको छ । यो अवसरमा कम्पनीहरुले नयाँ सवारी सार्वजनिक गर्छन् भने प्रयोगकर्ताले पनि बजारमा आएका सबै सवारीलाई एकै थलोमा अवलोकन गरेर खरिद गर्ने अवसर प्राप्त गर्छन् ।
कम आम्दानीहरुले विभिन्न मोडलका बाइक छनोट गर्ने अवसर पनि शोमा छ । नयाँ मोडलका बाइकमा युवाको आकर्षण रहेको छ । त्यहाँ विभिन्न कम्पनी स्टलमा बाइकको बारेमा बुझ्ने अवसर पाएका छन् । मार्केटिङ कम्पनीमा काम गर्ने काशिराज ढुंगानाले अटो शोमा टिभीएसको स्ट्राकइर–१२५ आँफ्नोलागि रोजाइमा पारेका छन् । १ लाख ७४ हजार ९ सय रुपैयाँ सो बाइक आफ्नो आम्दानीको क्षमता अनुसार उपयुक्त भएकोब बताए ।

किस्ताबन्दीमा गाडी किन्न सजिलोको लागि बैंकहरुले पनि विभिन्न स्किम ल्याएका छन् । गाडी किनेपछि पाँचदेखि नौं बर्षसम्म स्तिाबन्दीमा ऋण तथा व्याज तिर्ने गरी योजना ल्याएका हुन् । ती स्किममा सभागी भएर स्टलबाटै सवारी साधन किन्न सक्ने सुविधा दिएको बैंकहरुले बताए ।
ग्लोबल आइएमई बैंक, हिमालयन, स्ट्याण्डर्ड चार्टड, बैंक अफ काठमाडौं, एनआइसी एसिया, लक्ष्मी, प्रभु, सानिमा लगायतका दर्जन बैंकले विभिन्न स्किमहरु ल्याएका छन् ।
गाडी खरिद गर्नको लागि ग्लोबल आइएमइ बैंकले १०.४ प्रतिशत ब्याजमै ऋण दिने योजना ल्याएको छ । सो बैंकले अटो लोनमा सबैभन्दा सस्तो ब्याज दरमा उपलब्ध गराएको हो । बैंकले नाडा अटो सो स्थलमै आफ्नो स्टल राखेर कर्मचारी मार्फत यो जानकारी गराइरहेका छन् ।
राष्ट्र बैंकको मौद्रिक नीतिमा विगतमा रहेको गाडी किन्दा ५० प्रतिशत तिनुपर्ने नितिगत व्यवस्थालाई हटाएर ३५ प्रतिशत डाउनपेमेन्ट गर्ने व्यवस्था ल्याएको थियो । त्यसले बैंक र गाडी किन्नेहरुलाई पनि सजिलो भएको छ । विगतमा केन्द्रीय बैंकले सवारी साधन कर्जामा गरेको कडाइ र बैंकिङ प्रणालीमा देखिएको तरलता अभावका कारण अटोलोन प्रवाहमा कमी आएको भए पनि अहिले खुकुलो पारेको छ मौद्रिक नीतिमा ६५ प्रतिशतसम्म निजी सवारी साधनमा कर्जा लगानी गर्न पाउने व्यवस्था गरेपछि बैंक तथा वित्तीय संस्थाले उक्त क्षेत्रमा लगानी बढाउन थालेका हुन् । । गत जेठसम्म बैंक तथा वित्तीय संस्थाले एक खर्ब ५० अर्ब ३० करोड रुपैयाँ लगानी गरेको राष्ट्र बैंकले जनाएको छ ।
नाडा अटो शो गाडी बिक्रेतामात्र नभएर उपभोक्ता, बैंक तथा वित्तीय संस्थाको लागि पनि उपयुक्र अवसर भएको नाडाका अध्यक्ष अञ्जन श्रेष्ठले बताए । ‘सबैभन्दा धेरै उपभोक्तालाई फाइदा छ,’ श्रेष्ठले भने, ‘यसले अर्थतन्त्रनै चलायमान बनाउन टेवा पुग्छ ।’ सरकारले धेरै कर लगाएका सर्वसाधरणको पहुँच नबढेकाले सवारी प्रयोग गर्ने सबैलाई अवसर दिन भन्सार दर घटाउनुपर्ने समेत श्रेष्ठले बताए ।
 

Leave A Comment