सार्वजनिक सवारीमा यौनजन्य दुव्र्यवहार भोग्नु भएको छ ?

शनिबार, १७ भदौ २०७४, ११ : २१ शुक्रवार , Kathmandu
सार्वजनिक सवारीमा यौनजन्य दुव्र्यवहार भोग्नु भएको छ ?

१.  गायत्री अधिकारी
व्यवसायी
सार्वजनिक सवारी साधनमा पुरुषहरूले महिलालाई ठेल्ने, ढकेल्ने, नराम्रो नजरले हेर्ने काम हुन्छ । यसले गर्दा महिलालाई सार्वजनिक सवारी चढ्न गाह्रो हुन्छ । त्यहाँ महिलामाथि हुने दुव्र्यवहार रोक्न महिला आफँैले आवाज उठाउनुपर्छ । यस्ता कुरा सहेर बस्नुभन्दा पनि यसको उजुरी प्रहरीमा गर्नुपर्छ ।
२. सारा थापा
जागिरे
हाम्रो समाजमा पुरुषले महिलालाई धेरै हप्ने गर्छन् । महिलको संवेदन अंगहरु छुने कोसिसमा हुन्छन् । यस्तोमा महिलाहरु आफैँ सजग हुन जरुरी छ । कुनै पुरुषले आपूmसँग नराम्रो व्यवहार गर्छन् भने महिलाले त्यसको प्रतिकार गर्नुपर्छ । यस्तो नगर भनेर आवाज उठाउनु जरुरी छ ।
३. ज्योति घिमिरे
विद्यार्थी
सवारी साधनमा हुने दुव्र्यवहार रोक्न सरकारले धेरै गाडीहरुको व्यवस्था गर्नुपर्छ । यसो भए भिड गाडीमा चढ्नु पर्दैन । अनि दुव्र्यवहार पनि कम हुन्छ ।
४. सुभद्रा खतिवडा
व्यवसायी
हुन त हरेक सवारी साधनमा महिलाका लागि दुई वटा सिट छुट्याइएको छ तर पुरुषहरु पनि त्यहाँ बसिदिन्छन् । सबैभन्दा ठूलो कुरा महिलाहरु आफैँ सतर्क हुन जरुरी छ । महिलाहरुले आफ्नो समस्यासँग आपैmँ लड्नु पर्छ ।
५. सीता श्रेष्ठ
व्यवसायी
सार्वजनिक सवारी साधनमा हुने महिला माथिको दुव्र्यवहार कम गर्न महिला र पुरुषको सिट अलग–अलग हुनुपर्छ । दुव्र्यवहारलाई महिलाहरुले चुपचाप सहिरहेका हुन्छन् । जसले गर्दा उनीहरुले अन्य महिलामाथि दुव्र्यवहार गर्ने प्रोत्साहन पाउँछन् ।
६. पार्वती थापा
व्यवसायी
हुन त अहिले सवारी साधनमा महिलाका लागि भनेर दुई वटा सिट छुट्याइएको छ तर यसले कतिपय पुरुषहरुले गुनासो गर्छन् तर उनीहरुले महिलाको वास्तविक पीडा बुझेकै हुँदैनन् । त्यस्ता पुरुषले महिलालाई आफ्ना दिदीबहिनीजस्तो सम्झिनु पर्छ । पुरुषहरुमा त्यस्तो भावना आयो भने महिलामाथि हुने दुव्र्यवहार आफैँ नियन्त्रण हुन्छ ।
७. लक्ष्मी खड्गी
व्यवसायी
महिलामाथि हुने कुनै पनि हिंसालाई महिला आफैँले रोक्नु पर्छ । आफ्नो समस्यालाई पहिचान गरेर त्यसको समाधानमा आफैँ लाग्नुपर्छ किनभने यहाँ कसैले पनि कसैको लागि लड्दैन । कसैले नराम्रो व्यवहार ग¥यो कि त्यही समय त्यसविरुद्ध प्रतिकार गर्नुपर्छ । कसैमाथि केही नराम्रो भएको छ भने त्यस्ता कुरा रोक्न सबैले उसलाई सपोर्ट गर्नुपर्छ, जुन हाम्रो समाजमा धेरै कम पाइन्छ । जुन समस्या आज अरुको छ, त्यो समस्या भोलि हाम्रो पनि हुन सक्छ नि ! यो कुरालाई कसैले बिर्सनु हुँदैन ।
८. क्रान्ति शाक्य
गृहिणी
धेरै गाडीमा महिलालाई ठेल्ने–ढकेल्ने काम हुन्छ । महिलाको शरीरमा छुने कोसिस गर्न कुरा त गाडीमा जहिले पनि हुन्छ । विशेष गरेर बढी भिडभाड भएका गाडीहरुमा यस्तो हुन्छ । यसलाई रोक्न गाडीको संख्या बढाउनु पर्छ । महिला आरक्षणका लागि छुट्याइएका सिटमा पुरुष बसिदिन्छन्, महिलाहरु आए पनि पुरुषहरु उठ्दिदैनन्  । त्यस्तो सिटबाट उठ्नु प¥यो भने पुरुषले महिलालाई नराम्रा शब्द प्रयोग गर्ने गर्छन्, जुन सरासर गलत कुरा हो ।
 
९. द्रष्टा शाक्य
विद्यार्थी
महिलामाथि हुने दुव्र्यवहारलाई महिला आफैँले रोक्न सक्नुपर्छ । आफ्नो बचाउका तरिका महिला आफैँले सोच्नु पर्छ । पुरुषले पनि महिलालाई इज्जत दिन सक्नु पर्छ । महिला हिंसाको उजुरी गर्दा पनि कति ठाउँमा कुरा लुकाइन्छ, जसले गर्दा वास्तिवक कुरा कहिल्यै अगाडि आउँदैन । आपूmमाथि भएका दुव्र्यवहारलाई सुरुमा रोकिएन भने घटना दोहोरिरहन्छन् ।
१०. शान्ति श्रेष्ठ
विद्यार्थी
पुरुषले जहिले पनि महिलालाई हेपिरहेका हुन्छन् । छुने बहाना खोजिरहेका हुन्छन् । महिलामाथि हुने दुव्र्यवहार रोक्न सवारी साधनमा हुने भिडलाई नियन्त्रण गर्नुपर्छ । यसका लागि कि त गाडीको संख्या बढाउनु पर्छ । गाडीहरुले सिटमा मात्रै मानिसहरु राख्नुपर्ने नियम बनाए पनि यस्तो दुव्र्यवहार कम हुन्छ ।
११. प्रतीक्षा अधिकारी
विद्यार्थी
सवारी साधनमा हुने दुव्र्यवहार कम गर्न सरकारले कडाइका साथ ट्राफिकहरु खटाउनु पर्छ  । ट्राफिकहरुले पनि कडाइका साथ गाडी चेकिङ गर्नुपर्छ । महिलाको सिटमा महिलालाई नै राख्नुपर्छ । सवारी साधनमा भएको सिटभन्दा बढी यात्रु राख्न दिनु हुँदैन ।
१२.  कमला धामी
गृहिणी
आफ्नो बेइज्जत हुन्छ भनेर र आपूmलाई नराम्रो भन्छन् भनेर कति महिलाहरुले आपूmमाथि भएको दुव्र्यवहारलाई  चुपचाप सहिरहेका हुन्छन् । यसले गलत गर्ने मानिसलाई झन् प्रोत्साहन मिल्छ । त्यसैले हरेक महिलाले आपूmमाथि हुने गलत काम रोक्नु पर्छ, यसको लागि नडराइकन आवाज उठाउनुपर्छ ।
१३. माया पौडेल
व्यवसायी
सवारी साधनमा चढ्ने सबै माहिला र पुरुष सही पनि हुँदैनन् र गलत पनि हुँदैनन् । सवारी साधन भनेको यस्तो कुरा हो, जहाँ हरेक किसिमका मानिस आउँछन् । कसको मनमा के छ भन्ने कसैलाई थाहा हुँदैन तर  यसबाट बच्ने उपाय आफैँले सोच्नुपर्ने हुन्छ । कसैले आफूलाई नराम्रो ग¥यो भने त्यही बेला त्यस मान्छेलाई गाली गर्नुपर्छ तर पनि मानेन भने त्यस मान्छेलाई पुलिसकहाँ लैजानु पर्छ ।
१४. करुणा पौडेल
गृहिणी
कुनै पनि किसिमको हिंसालाई रोक्न सबैभन्दा पहिले कडा नियम बन्नुपर्छ । नियम बनेर मात्रै केही हुँदैन यदि त्यसको कार्यान्वयन भएन भने । कसैले सानो गल्ती गर्दा नै उसलाई रोक्यो भने उसले ठूलो अपराध गर्न सक्दैन । सवारी साधनमा महिलामाथि हुने दुव्र्यवहारलाई रोक्न कडा सजाय हुनुपर्छ ।
१५. पार्वती पुरी
व्यवसायी
 सार्वजनिक सवारी साधनमा भिड धेरै हुन्छ । त्यस्तोमा महिलामाथि हुने दुव्र्यवहार हुनु सामान्य कुरा हो । त्यसैले यसलाई रोक्न सरकारले महिला र पुरुषका लागि अलग–अलग गाडीको व्यवस्था गरिदिनुपर्छ । यसका साथै महिलाले पनि आफ्नो बचाउ आफैँ गर्न सक्नुपर्छ । अहिलेको समाज पहिले जस्तो छैन । त्यसै आपूmमाथि हिंसालाई महिलाले आफैँ रोक्नुपर्छ । 

Leave A Comment