चौथो ललितपुर मोबाइल एक्स्पो हुँदै

आइतबार, १८ भदौ २०७४, ०२ : ३० शुक्रवार , Kathmandu
चौथो ललितपुर मोबाइल एक्स्पो हुँदै

ललितपुर मोबाइल कम्प्लेक्सले दसैँ–तिहारको अवसरमा चौथो ‘ललितपुर मोबाइल एक्स्पो’ आयोजना गर्ने भएको छ । एक्स्पोमा विभिन्न ब्रान्डका मोबाइल फोन राखिने कम्प्लेक्सले जनाएको छ ।
१६ देखि २६ भदौसम्म चल्ने एक्स्पोसँगै कम्प्लेक्समा टेलिइनोभेसन प्रालिको सोरुमको पनि ग्रान्ड ओपनिङ गरिने कम्पनीले जनाएको छ । ललितपुर मोबाइल एक्स्पोमा ७० प्रतिशतसम्मको छुट दिइने कम्पनीले जनाएको छ । ग्राहकले कुनै पनि मोबाइल फोनको खरिदमा ५ देखि ७० प्रतिशतसम्मको छुट तत्काल प्राप्त गर्नेछन् ।
त्यसैगरी हात खाली नजाने उपहारहरू पनि प्रत्येक मोबाइल खरिदमा राखिएको छ । जसअन्तर्गत हरेक मोबाइलको खरिदमा हात खाली नजाने योजनामा पावर ब्यांक, मेमोरी कार्ड, ब्लुटुथ हेडफोन, प्रिन्टेड कप, सेल्फी स्टिक, हेडफोन, स्पिकर प्राप्त गर्न सक्नेछन् ।
मोबाइल कम्प्लेक्समा नौ सय रुपैयाँदेखि १ लाख ४० हजार रुपैयाँसम्मका विभिन्न ब्रान्डका फोन छन् । एक्स्पोको बेला दिने अफरसँगै विभिन्न मोबाइल कम्पनीले ल्याएका अफरहरू पनि साथमा लागू हुने कम्प्लेक्सले जनाएको छ  ।

Leave A Comment