६२ वर्षमा महेन्द्र मोरङ

सोमबार, १९ भदौ २०७४, ०९ : ३८ शुक्रवार , Kathmandu
६२ वर्षमा महेन्द्र मोरङ

विनोद सुवेदी/विराटनगर
विराटनगरको बसपार्कदेखि ५ सय मिटर दक्षिणमा अवस्थित  महेन्द्र मोरङ बहुमुखी क्याम्पस पुरानो र जीर्ण अवस्थामा उभिइरहेको छ । त्यसै त २०७२ को भूकम्पले राम्रैसँगले हल्लाएको यसका पुराना भवन डुबानका कारण क्षतविक्षत भएको छ । पूर्वाञ्चलमा उच्चशिक्षाको जग बसाल्ने क्याम्पस स्थापनाका लागि पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइराला, भूपालमानसिंह कार्की, ऐननारायण सिंहानिया, कालुराम अग्रवाल लगायत स्थानीय व्यापारी तथा समाजसेवीको महŒवपूर्ण भूमिका रहेको छ ।
२०१२ सालमा मोरङ इन्टरमिडिएट कलेजको नामले स्थापना भएको यस क्याम्पस स्नातक तहको पठनपाठन सुरु भएपछि मोरङ कलेज भयो । विराटनगरको  आदर्श स्कुलमा अवस्थित कलेज २०१९ सालमा सरेर बसपार्क दक्षिणमा आएको हो । कलेजको मुख्य भवन २०२० सालमा राजा महेन्द्रले उद्घाटन गरेपछि २०२४ सालमा कलेजको नाम पुनः परिवर्तन भई महेन्द्र मोरङ कलेज भयो । विराटनगरमै सञ्चालित अर्को कलेज आदर्श महाविद्यालय पनि गाभिएपछि २०३० सालदेखि यसलाई महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस नामाकरण गरिएको हो । २०३३ सालमा त्रिभुवन विश्वविद्यालयलाई विकेन्द्रित गर्ने नीति र औद्योगिक नगरी विराटनगरलाई व्यवस्थापन शिक्षाको केन्द्र बनाउने उद्देश्यका साथ व्यवस्थापन तर्फको डिन कार्यालय स्थापना गरी यसलाई महेन्द्र मोरङ आदर्श बहुमुखी केन्द्रीय क्याम्पस नामाकरण गरियो । डिन कार्यालय काठमाडौँ सरेपछि केन्द्रीय शब्द हटाइयो ।
पहिलो ब्याजमा सबै उत्तीर्ण
२०१६ सालभन्दा पहिले नेपालमा उच्चशिक्षाको एक मात्र परीक्षा केन्द्र त्रिचन्द्र कलेजमा थियो । त्रिचन्द्रका विद्यार्थीको कपीसमेत पटना विश्वविद्यालयमा जाने गरेको थियो । त्रिचन्द कलेजमार्फत मोरङ इन्टरमिडिएट कलेजका विद्यार्थीको कपी पनि पटना नै पठाइएको थियो । २०१२ सालमा सञ्चालित पहिलो परीक्षामा कलेजका १३ जना विद्यार्थी सहभागी भएकामा सबै विद्यार्थीले परीक्षा उत्तीर्ण गरेको डा. गोविन्दमान सिंह कार्कीको ‘महेन्द्र मोरङ क्याम्पस विगतदेखि वर्तमानसम्म’ पुस्तकमा  उल्लेख छ । पहिलो ब्याचमा  कलेजका  सबै विद्यार्थी उत्तीर्ण भएपछि व्यवस्थापन विषयको पठनपाठन सुरु गर्न मारवाडी समुदायले दबाब दियो । दबाबको फलस्वरुप २०१३ सालदेखि व्यवस्थापन विषयको पठनपाठन सुरु भयो । २०१६ सालदेखि स्नातक तहमा पनि व्यवस्थापनको पठनपाठन सुरु भयो ।
विश्वविद्यालयको परिकल्पना
महेन्द्र मोरङ क्याम्पसलाई विश्वविद्यालयका रुपमा परिवर्तन गर्ने चर्चा यदाकदा चलिरहेको भए पनि यसको स्थापनास“गै यो विषय जोडिएको पाइन्छ । २०१३ सालमा मोरङको वडा हाकिम भएर आएका तारकबहादुर शाहले महेन्द्र विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले अञ्चलाधीश पदेन अध्यक्ष रहने गरी मोरङ उच्च शिक्षा विकास समिति गठन गरेका थिए । विश्वविद्यालय स्थापनाका लागि  पूर्वाधारका रुपमा नया“ भवन निर्माण र विज्ञान विषयको पनि सुरुवात गरिएको थियो । विश्वविद्यालयका लागि १ सय २० विघा जग्गा अधिग्रहण गर्ने र ४ लाख ८० हजार रुपैयाँ उपलब्ध गराउन बिग्रेडियर जनरल भूपालमानसिंह कार्कीले राजासमक्ष माग राखेका थिए । राजाले प्रधानमन्त्रीलाई जग्गा अधिग्रहण गर्न र रकम उपलब्ध गराउन हुकुम पनि दिएका थिए । उच्च शिक्षा विकास समितिका सदस्यहरू बीचको आर्थिक विवादका कारण एउटा भवन बनेपछि चन्दाबाट उठेको रकम गाउ“का विद्यालयलाई बा“डियो र विश्वविद्यालय बनाउने योजना अधुरै रह्यो ।
चरम राजनीतिकरण  र सुधारका प्रयास  
मानविकी, व्यवस्थापन, विज्ञान विषयमा पठनपाठन हुने कलेजमा १० वर्ष पहिलेसम्म विद्यार्थीको चाप थामिनसक्नु थियो । तीन वटा संकायमा २० हजारभन्दा बढी विद्यार्थी पठनपाठन गर्थे । चरम राजनीतिकरणले क्याम्पसको पठनपाठन लथालिङ्ग भयो । महेन्द्र मोरङ क्याम्पसलाई विद्यार्थी नेता र प्राध्यापक नेताहरूले थला पार्ने र आफ्नै लगानीमा निजी कलेज स्थापना गर्ने खेल सुरु भयो । महिनौँसम्म कलेज बन्द हुने र पठनपाठन चौपट पार्न थालियो । नियोजित रुपमा क्याम्पसको शैक्षिक स्तर गिराएर निजी कलेजमा विद्यार्थी तान्न थालियो । महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थी घट्दै गए भने निजी कलेजहरू फस्टाउन थाले । विद्यार्थी घटेर क्याम्पस सुनसान मात्रै भएन, विद्यार्थीले साइकल स्ट्यान्डका रुपमा प्रयोग गर्ने टहराहरू गाई बा“ध्ने गोठका रुपमा प्रयोग हुन थाल्यो । विद्यार्थी पढ्ने क्याम्पस  गौशाला बनेपछि क्याम्पस जोगाउन नया“ विषयहरू थप्ने काम थालियो । क्याम्पसले विज्ञान, मानविकीमा स्नातकोत्तर, शिक्षामा स्नातक तथा विभिन्न विषयमा पीएचडी पनि सुरु ग¥यो । क्याम्पसले एमबिए, पत्रकारिता र एमपीएको पठनपाठन पनि थाल्यो । विज्ञानतर्फ भौतिकशास्त्र र रसायनशास्त्रमा एमएस्सी, स्नातक तहमा माइक्रोबायोलजी, मेट्रियोजलीजस्ता विषयहरू थप गरिएका छन् । विज्ञान विषयका लागि छुट्टै भवन निर्माण गर्न भारतीय दूतावासको अनुदान सहयोगमा हाल नया“ भवन निर्माणको क्रममा रहेको छ । नया“ विषय र पूर्वाधार थपिन थालेपछि क्याम्पसमा विद्यार्थीको संख्या बढ्नेक्रम सुरु भएको छ । हाल करिब ८ हजार विद्यार्थी पठनपाठन गरिरहेको क्याम्पसको दाबी छ । विद्यार्थीको संख्या बढ्नेक्रम सुरु भए पनि क्याम्पसमा राजनीतिकरण रोकिएको छैन । राजनीतिक दलका विद्यार्थी नेताहरूको  अखडा बनेर डुबेको क्याम्पसमा हाल  शिक्षकहरूले राजनीति गरिरहेका छन् । विभिन्न माग राख्दै कलेजमा ताला लगाउने श्रृंखला अझै रोकिएको छैन । यतिबेला पनि आंशिक शिक्षकहरूले विभिन्न माग राख्दै क्याम्पस प्रमुखको कार्यकक्ष तालाबन्दी गरेका छन् । क्याम्पसमा १ सय ६५ स्थायी र करारमा शिक्षकहरू कार्यरत छन् । यति धेरै स्थायी शिक्षक÷प्राध्यापक कार्यरत भए पनि  निजी कलेजमै व्यस्त हुने भएकाले क्याम्पसको पठनपाठनको जिम्मा आंशिक शिक्षकहरूले नै लिने गरेका छन् । पिरियडको हिसाबले अध्यापन गराइरहेका यस्ता शिक्षकहरू कति छन् भन्ने तथ्यांक क्याम्पसमा नभएको क्याम्पस प्रशासनले जनाएको छ ।
 लाइब्रेरी जीर्ण, होस्टल बन्द
भूकम्पका कारण चर्किएर क्याम्पसको मुख्य भवन, लाइब्रेरी र होस्टल जीर्ण छन् । मुख्य भवनको दिवाल फुटेको छ भने छत चर्किएर पानी चुहिने गरेको छ । लाइब्रेरी र होस्टलको अवस्था अझ जीर्ण छ । त्रिभुवन विश्वविद्यालयको अनुगमन टोलीले होस्टल र लाइब्रेरी भएको भवन बन्द गर्न निर्देशन दिए पनि क्याम्पसले होस्टल मात्रै बन्द गरेको छ । विद्यार्थीलाई पुस्तक उपलब्ध गराउनुपर्ने भएकाले लाइब्रेरी बन्द नगरिएको क्याम्पसले जनाएको छ । क्याम्पस प्रमुख महेन्द्रनारायण यादवले अभाव, दबाब  र समस्याको बीचमा क्याम्पस सञ्चालन भइरहेको बताए । बाढी आएको दुई साता बितिसके पनि क्याम्पस परिषरमा अझै डुबान यथावतै रहेको उनले बताए । डुबानको समस्या समाधान गरिदिन महानगरपालिका र वडाअध्यक्षलाई बारम्बार आग्रह गरे पनि अझैसम्म काम नभएको यादवको गुनासो छ ।
यता महानगरपालिकाका वातावरण इन्जिनियर घनश्याम काफ्लेले डुबानका विषयमा महानगरपालिकामा जानकारी नभएको बताए । ‘क्याम्पसमा डुबान भएको सूचना मिस प्लेस भएको हुनसक्छ,’ उनले भने, ‘डुबानको समस्या समाधानका लागि तत्कालै महानगरपालिकाले काम अघि बढाउ“छ ।’

 

Leave A Comment