बल्ल डिभोर्स

शनिबार, २५ असार २०७३, ०१ : ०१ शुक्रवार , Kathmandu
बल्ल डिभोर्स

सबैलाई थाहा छ, अभिनेत्री रेखा थापा र निर्माता छविराज ओझा अलग्गिएको चार वर्ष भइसक्यो । तर, उनीहरूले औपचारिक रूपमा डिभोर्स भने भर्खरै गरेको समाचार प्राप्त भएको छ । आइतवार काठमाडौँ जिल्ला अदालतमा सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेर उनीहरू औपचारिक रूपमा छुट्टिएको खबर प्राप्त भएको हो । यसअघि उनीहरू छुट्टिएर बसे तापनि कानुनी रूपमा श्रीमान्–श्रीमती नै थिए । छविले नै रेखालाई नेपाली फिल्ममा डेब्यू गराएका थिए । उनीहरू १० वर्ष एकसाथ बसेपछि अलग्गिएका थिए । रेखा छविकी तेस्री श्रीमती थिइन् । बुझिएअनुसार चौथो बिहे गर्ने सुरसारका साथ उनले रेखासँग डिभोर्स गरेका हुन् ।  

Leave A Comment