सोनाक्षीको बोल्ड अवतार

शनिबार, २५ असार २०७३, ०१ : ४२ शुक्रवार , Kathmandu
सोनाक्षीको बोल्ड अवतार

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले बोल्ड स्वभावका अभिनेताको चकलेटी जोडी भएर धेरै फिल्ममा काम गरिसकेकी छिन् । सलमान खानसँग फिल्म ‘दबंग’मा, अक्षय कुमारसँग फिल्म ‘राउडी राठोर’मा र अजय देवगनसँग फिल्म ‘एक्सन ज्याक्सन’ र ‘सन अफ सरदार’मा उनले काम गरिसकेकी छिन् । यी सबै फिल्ममा अभिनेता बोल्ड खालका छन् भने सोनाक्षी रुन्चे सुन्दरी ।
तर, अब सोनाक्षी स्वयं बोल्ड भूमिकामा देखा परेकी छिन् । नयाँ फिल्म ‘अकिरा’मा उनी सुगठित ज्यानसहित देखा परेकी छिन् । फिल्ममा उनले थुप्रै एक्सन सिन दिएकी छिन् । फिल्मको ट्रेलर गत साता सार्वजनिक भएको छ । मुम्बई पढ्न गएकी एउटी छात्रालाई झुटो मुद्दामा कसरी फसाइन्छ र उनले यसविरुद्ध कसरी संघर्ष गर्छे भन्ने विषयलाई फिल्मको कथा बनाइएको समाचारमा जनाइएको छ ।

 

Leave A Comment