काममकाे लागि काेरिया जाँदै हुनुहुन्छ ?

आइतबार, ०१ असोज २०७४, १२ : ३१ शुक्रवार
काममकाे लागि काेरिया जाँदै हुनुहुन्छ ?

वैदेशिक रोजगारीमा कोरिया जान खोज्नेलाई यसपटक सोही अनुसार टिप्स दिएका छौं ।
–कोरिया जान १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्छ ।
–कोरियन भाषा उत्तीर्ण गरेको हुनुपर्छ ।
–कोरिया जान भाषा परीक्षा उत्तीर्ण मात्र नगरी कोरियाको मानव संशाधन विभागले निर्धारण गरेको संख्यामा पर्नुपर्छ ।
–भाषा परीक्षा पास गर्दैमा कोरिया जान पाइने होइन । भाषा परीक्षामा उत्तीर्ण भएकाको नाम कोरियन मानव संशाधन विभागले रोष्टरमा प्रकाशित गरेपछि त्यहाँका रोजगारदाताले आफू अनुकूलका श्रमिक बोलाउने हुन् । भाषा पास गर्ने सबैलाई कोरियाका रोजगारदाताले नबोलाउन पनि सक्छन् ।
–कोरिया जानका लागि अहिलेसम्म जीटूजी (दुबै देशका सरकारी तवर) प्रक्रिया मात्र अवलम्बन गरिएको छ । अर्थात् कुनै पनि म्यानपावरले कामका लागि कोरियामा कसैलाई पनि पठाउन पाउने व्यवस्था छैन ।
–कोरिया जानका लागि टिकट लगायतको सबै गरेर करिब एक लाख रुपैयाँ जति खर्च लाग्ने इपिएस कोरिया शाखाको भनाइ छ ।
–कामका लागि कोरिया गएका कामदारको सम्झौता तीन वर्ष हुन्छ भने त्यसबाहेक एक वर्ष १० महिना जति रोजगारदाताले आफूखुशी सम्झौता थप गर्न सक्छन् ।
–कोरियामा पुगेपछि काम र पारिश्रमिकमा चित्त नबुझे नेपाली श्रमिकले अर्को रोजगारदाता छनोट गर्ने अहिलेसम्म व्यवस्था हुन सकेको छैन । नेपालबाट जुन रोजगारदातासँग सम्झौता गरिएको हो । सोही रोजगारदातासँग मात्र काम गर्नुपर्छ । उक्त कम्पनी चित्त नबुझे स्वदेश फर्कनु पर्ने हुन्छ ।
–कोरियाको हावापानी सुख्खायुक्त चिसो र छोटो समय गर्मी पनि हुन्छ ।
–कोरियामा २९ प्रतिशतले क्रिश्चियन, २३ प्रतिशतले बौद्ध धर्म मान्छन् भने ४६ प्रतिशतले कुनै पनि धर्म मान्दैनन् ।
–कोरिया जाँदा  सिंगल र मल्टिपल गरी दुई प्रकारको भिसा लगाइन्छ । काम गर्ने भिसामा गएकालाई रोजगारदाताले ४२ घण्टा भन्दा बढी समय काममा लगाउन पाउँदैनन ।
–कोरियाको मुद्राको नाम वान हो ।
–कोरियामा काम गर्ने मजदुरको मासिक न्यूनतम तलब १२ लाख ६० हजार दुई सय २० वाङ अर्थात् ११ सय अमेरिकी डलर त्यहाँको सरकारले नै तोकेको हुन्छ । त्यो भन्दा कम पारिश्रमिकमा कुनै पनि श्रमिकलाई काम लगाए रोजगारदाता कम्पनी बन्द गर्ने अधिकार सरकारलाई छ । त्यस्तै हरेक महिना सकिनेबित्तिकै कम्पनीले पारिश्रमिक अनिर्वार्य रूपमा भुक्तानी गर्नुपर्ने हुन्छ ।
–कोरियाका राष्ट्रपति जनताबाट प्रत्यक्ष निर्वाचित हुन्छन् ।
–कोरियाको राजधानी सियोलमा नेपाली राजदूतावास छ । जसको सम्पर्क नम्बर ००८२–२–३७८९९७७० हो ।

Leave A Comment