अस्ट्रेलिया पढ्न जानेलाई नयाँ अवसर

आइतबार, ०१ असोज २०७४, १२ : ३४ शुक्रवार
अस्ट्रेलिया पढ्न जानेलाई नयाँ अवसर

नेपाली विद्यार्थीलाई लक्षित गरेर अस्ट्रेलियाकोे ला ट्रोब बिजनेश स्कुलले नोभेम्बरमा अन्डरग्राजुएट विजनेस कोर्सहरुमा नयाँ भर्ना लिने भएको छ । प्रोफेसर पल माथरले नेतृत्व गरेको टोलीले काठमाडौं आई सो जानकारी गराएको हो । नेपाली विद्यार्थीलाई बिजनेश स्कुलले नोभेम्बर महिनामा स्नातक बिजनेश कोर्शहरूमा नयाँ भर्ना लिने घोषणा गरेको छ । यो सत्र फेब्रुअरी र जुलाइका दुई प्राज्ञिक सत्र बाहेकका हुन् । केही वर्ष अघि नै ला ट्रोब बिजनेश स्कुलले आफ्ना स्नाकोत्तकर कार्यक्रमहरूका लागि तेस्रो सेमेस्टर पनि थप गरेको थियो । यी कार्यक्रम अहिले नेपाल, भारत र श्रीलंकाका विद्यार्थीहरूमाझ लोकप्रिय बनेको जनाएको छ ।
नेपाल भ्रमणमा आएका प्रोफेसर पल माथरले नेपाली विद्यार्थीलाई उत्कृष्ट दिने बताए ।
नयाँ स्नातक तहमा भर्ना कार्यक्रम, नयाँ शैक्षिक कार्यक्रम र छात्रवृत्ति लगायतका अवसर नेपाली विद्यार्थीलाई दिने बताए । विश्वभरका विश्वविद्यालयहरूको पछिल्लो शैक्षिक उपलब्धिको सूचीमा ला ट्रोब विश्वविद्यालय २०० स्थान भन्दा माथि उक्लेको दाबी गरेको छ  ।  सो स्कुलले कूल शैक्षिक शुल्कको १५, २० र २५ प्रतिशतसम्म छात्रवृत्ति स्वरुप छुट दिने जनाएको छ ।

 

Leave A Comment