जर्मनी जादैं हुनुहुन्छ ?

शनिबार, ०७ असोज २०७४, ०३ : ५४ शुक्रवार
जर्मनी जादैं हुनुहुन्छ ?

–जर्मनी युरोपको मुुटुमा रहेको राष्ट्र हो । 
–जर्मनीमा १६ वटा राज्यहरू छन् । 
–जर्मनीको उच्च सीप, श्रम शक्ति, कम भ्रष्टाचार र उच्च तहको नवीन पद्धति सहितको सामाजिक बजार अर्थतन्त्र भएको मुलुक हो । युरोपमा सबभन्दा ठूलो र शक्तिशाली अर्थतन्त्र जर्मनीको छ । 
–जर्मनी युरोपमै परिस्कृत यातायातको केन्द्र भएको मुलुक हो । 
–जर्मनी समशीतोष्ण मौसमी जलवायु भएको मुलुक हो । हिउँदमा ज्यादै जाडो हुन्छ अनि गीष्ममा न्यानो हुन्छ । वर्षभरि नै मौसम र वर्षामा निरन्तर परिवर्तन भइरहन्छ । 
–जर्मनीको अध्यागमन कानुनले सीप नभएका कामदारका लागि श्रम बजार बन्द गरेको छ । 
–उच्च सीप भएका गैर युरोपियन नागरिकलाई कामका अवसरमा पहुँच छ । र, उनीहरू निश्चित मापदण्ड पूरा गरेपछि जर्मनीमा बसोबास पनि गर्न सक्छन् । 
–आप्रवासीले सम्बन्धित जर्मन कूटनीतिक मिशनमा प्रवेशाज्ञाको रूपमा आवासीय अनुमतिका लागि आवेदन दिन सक्छन् । 
–जर्मनीको विश्व विद्यालयबाट स्नातकोत्तर उपाधि पाएका विद्यार्थीले नोकरी खोज्नलाई १८ महिनासम्म जर्मनी बस्न पाउँछन् । 
–जर्मनीमा आश्रित श्रीमान वा श्रीमतीलाई काम गर्न पाउने अनुमति छैन । धेरैजसो अयुपेयरमा जान्छन् । अयुपेयर भन्नाले भाषा, संस्कृति सिक्ने र हलुका घरायसी काम, काजमा सघाउने हो । अयुपेयरको करार ६ महिनादेखि १ वर्षसम्म हुन्छ । र, उमेर १८ वर्षदेखि २७ वर्षसम्मको हुनुपर्छ । 
–अयुपेयरलाई घरायसी कामकाज (शिशु स्याहारसहित) साताको ३० घण्टा वा दिनको ६ घण्टा भन्दा बढी काम गर्ने अनुमति छैन । अतिरिक्त काम गरेबापतको सट्टा बिदा दिनुपर्छ । 
–अयुपेयरले घरायसी काम गरेबापत मासिक युरो २६० प्राप्त गर्छन् । 
–जर्मन सरकारले जर्मन भाषा बोल्न सक्नेलाई विशेष प्राथमिकता दिन्छ ।

Leave A Comment