म्यानचेस्टर युनाइटेडमा जाल्टन

आइतबार, २६ असार २०७३, १२ : ५५ शुक्रवार , Kathmandu
म्यानचेस्टर युनाइटेडमा जाल्टन

स्विडेनका स्ट्राइकर जाल्टन इब्राहिमोभिचलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले अनुबन्ध गरेको छ । म्यान–यूका नवनियुक्त प्रशिक्षक होसे मोरिन्होले क्लबमा आबद्ध भएका जाल्टनलाई विश्वकै उत्कृष्ट स्ट्राइकरमध्ये एक भनेका छन् ।
३४ वर्षे इब्राहिमोभिचले भने मोरिन्होसँग फेरि एकपटक सँगै यात्रा गर्न पाएको बताए । मोरिन्हो इन्टर मिलानका प्रशिक्षक रहँदा इब्राहिमोभिचले पनि एक सिजन क्लबमा खेलेका थिए । ‘उनी एक विजेता हुन् र म पनि एक विजेता हुँ,’ उनले भने, ‘हामी दुवैलाई थाहा छ, हामी के चाहन्छौँ ? हामी जित्न चाहन्छौँ ।’
इटालियन सिरी ए, स्पेनिस ला लिगाका साथै नेदरल्यान्ड्स र फ्रेन्च लिग गरेर चार देशमा लिग उपाधि जितिसकेका जाल्टनले भने फ्रान्समा जारी युरोकप फुटबलमा खासै प्रदर्शन गर्न सकेनन् । उनको टिम समूह चरणबाटै घर फर्कियो ।
युरोकपबाट घर फर्केलगत्तै जाल्टनले म्यानचेस्टर युनाइटेडसँग एकवर्षे सम्झौता गरेका हुन् । चार वर्षअघि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा आएका उनले चारवटै सिजनमा क्लबलाई च्याम्पियन बनाउन महŒवपूर्ण भूमिका खेलेका थिए ।
युनाइटेडका प्रशिक्षक मोरिन्होले जाल्टनलाई परिचय गराउन आवश्यक नरहेको बताए । उनले विश्वका महत्वपूर्ण लिग जितेको भन्दै मोरिन्होले भने ‘अब उनीसँग विश्वकै उत्कृष्ट लिग खेल्ने मौका छ । मलाई विश्वास छ, उनले यौ मौकालाई सदुपयोग गर्नेछन् र हामी उपाधि जित्न सँगै काम गर्छौ ।’ इब्राहिमोभिचले स्वीडेनका लागि १ सय १६ खेलमा ६२ गोल गरेका छन् ।

 

 

Leave A Comment