नङको हेरचाह गर्ने तरिका

बिहिबार, १९ असोज २०७४, ०१ : ३८ शुक्रवार
नङको हेरचाह गर्ने तरिका

नङले हात र खुट्टाको सुन्दरता बढाउनुका साथै सुरक्षा पनि दिने गर्छ । हात र खुट्टा जतिसुकै सुन्दर भए पनि नङ राम्रो छैन भने यसले व्यक्तित्वमा नकारात्मक असर पार्ने गर्छ । सौन्दर्यको हिसाबले खुट्टाभन्दा पनि हात अझै महत्वपूर्ण हुन्छ किनभने  शरीरका सम्पूर्ण अंगमध्ये सबैभन्दा बढी प्रयोग हुने हात नै हो । हात अघि सार्दा नङ देखिने गर्छ । फोहोर, दाग भएका, टुक्रेका, भाँच्चिएका नङ भएको हातले व्यक्तित्वमा नकारात्मक असर पार्छ । सुन्दर तथा सही आकारमा काटिएका, सुहाउँदो रङको पोलिस लगाइएका स्वस्थ सुन्दर नङले तपाईंको व्यक्तित्वमा निखार ल्याउने काम गर्छ । प्राकृतिक रुपले स्वस्थ र सुन्दर नङ भए पनि अन्य विभिन्न कारणले गर्दा नङ बिग्रन सक्छ वा नङका विभिन्न समस्या देखा पर्न सक्छन् । साबुन, डिटर्जेन्ट, केमिकल आदिबाट नङमा रिएक्सन हुनसक्छ । कडा पानीको प्रयोग गरी काम गर्दा नङ कमजोर हुन्छ । भाँडा सफा गर्दा, लुगा धुँदा, सरसफाई गर्दा गरिने लापरवाहीले नङमा समस्या हुन सक्छ । त्यस्तै नङ टोक्ने, नङको प्रयोग गरी काम गर्ने बानी, कमसल र पुरानो कस्मेटिक सामानको प्रयोग आदि कारणले नङ कमजोर तथा अस्वस्थ हुन सक्छ । नङलाई सुन्दर र स्वस्थ बनाउने तरिकाहरुमा ः
— कागतीको प्रयोग गरेर नङमुनि वा कुनातिर भएका दाग र फोहोरलाई सफा गर्न सकिन्छ ।
— टुथपेस्ट लगाएर ब्रस गर्नाले नङको दाग सफा हुन्छ ।
— मोइस्चराइजर वा कन्डिसनिङयुक्त नेल पोलिस तथा रिमुभरको प्रयोग गरेको राम्रो हुन्छ ।
—    नङको प्रयोग गरेर काम गर्ने बानीलाई कम गर्नुपर्छ ।
— सन्तुलित खाना खाने र सफा पानी पिउनु पर्छ ।
—    नङ सफा गर्दा तीखो वस्तुको प्रयोग गर्नु हुँदैन ।
—    नङको स्याहार गर्न नसकिने भएमा छोटो नङ राख्नु राम्रो हुन्छ ।

Leave A Comment