स्पेनिस ला लिगा छोड्ने बार्सिलोनाको संकेत

शनिबार, २१ असोज २०७४, ०२ : ०६ शुक्रवार
स्पेनिस ला लिगा छोड्ने बार्सिलोनाको संकेत

बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टमेयुले आफ्नो क्लबले स्पेनिस ला लिगा छाड्न सक्ने संकेत गरेका छन् ।
हालेै स्पेनबाट स्वतन्त्रता प्राप्तिका लागि क्याटालोनियामा भएको जनमतसंग्रहले वैधानिकता पाएमा आफूहरूसँग ला लिगा छाड्ने विकल्प नहुने बार्टमेयुले बताए ।
उक्त जनमतसङ्ग्रहमा सहभागी ९० प्रतिशत मानिसले स्पेनबाट छुट्टिने पक्षमा मतदान गरेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
७ करोड ५० लाख मानिसको बसोबास रहेको स्पेनको उत्तर–पूर्वी क्षेत्रको क्याटालोनियामा छुट्टै भाषासंस्कृति रहेको छ । बार्सिलोना क्याटलोनियाको राजधानी हो । आफ्नै सरकार भए पनि स्पेनको कानुनले क्याटलोनियालाई छुट्टै देशको मान्यता दिएको छैन ।
 गत आइतबार भएको जनमतसंग्रह दौरान भएको हिंसाका कारण बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा सम्पन्न लस पल्मसविरुद्धको खेल खाली रंगशालामा खेलेको थियो । तर उक्त जनमतसंग्रहलाई स्पेन सरकारले अवैध भन्दै वैधानिकता दिएको छैन ।
त्यस्तै बार्टमेयुले जनमतसंग्रहका पक्षधरमाथि प्रहरीले गरेको दमनको विरोध स्वरूप मंगलबारको अभ्यास बहिष्कार गरेको बताएका छन् ।
उनले क्लबको बोर्ड बैठकमा स्वतन्त्रतापछि कहाँबाट खेल्ने भन्नेबारे गम्भीर छलफल भइरहेको समेत खुलासा गरेका छन् । उनले क्लबले युरोपकै कुनै प्रतिष्ठित लिग खेल्ने बताए । तर सञ्चारमाध्यमले बार्सिलोनाले ला लिगा छोडेपछि इङ्लिस प्रिमियर लिग र फ्रान्सेली लिग वानमध्ये कुनै एक लिग खेल्ने सम्भावना भएको बताउँदै आएका छन् ।
‘हामीले छिट्टै हाम्रो भविष्यका बारेमा निर्णय लिनुपर्छ । त्यसैले हामीले सबै विकल्प खुला राखेका छौ,’ बार्टमेयुले भने, ‘अध्यक्षका रूपमा लिएको यो अहिलेसम्मकै कठिन निर्णय हो । हामीले स्पेनिस ला लिगासँग आइतबारको खेल सार्न आग्रह गरेका थियांै तर हाम्रो आग्रह अस्वीकृत गर्दै हामीलाई प्रतिबन्ध लगाइने धम्की दिइयो । यो गम्भीर विषय हो ।’
बार्टमेयुले क्लबका उपाध्यक्ष चाल्र्स भेलारुबीका साथै अन्य धेरै कर्मचारीले राजीनामा दिएको कुराको पनि पुष्टि गरेका छन् ।
‘हामीले हिजो जे देख्यांै त्यो ठाडो हस्तक्षेप हो,’ बार्टमेयुले भने, ‘हामीले क्याटालोनियाको मानिसको स्वतन्त्रता र सम्मानका लागि आवाज उठाएका थियौं । हामीले त्यसको प्रतिनिधि हँुदै पुन एक पटक त्यसका लागि उठ्ने समय आएको छ । हामीले हाम्रो आवाजको सुनुवाइ हुने अधिकार प्राप्त गरेका छौं ।’
यसअघि बार्सिलोनाका रक्षक जेरार्ड पिकेले क्याटलोनिया स्वतन्त्रताका लागि भएको जनमतसंग्रहमा आफूले गरेको समर्थनलाई समस्याका रूपमा लिइए सन् २०१८ को रुस विश्वकप अगावै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने चेतावनी दिएका थिए ।
३० वर्षे पिकेले लस पल्मसविरुद्धको खाली रंगशालामा खेलेको खेललाई अहिलेसम्मकै कठिन खेल भनेका थिए ।
‘म खेलजीवनलाई निरन्तरता दिन तयार छु,’ पिकेले भने, ‘ तर स्पेनिस फुटबल संघलाई मेरो समर्थनप्रति कुनै आपत्ति छ भने म सन् २०१८ को रूस विश्वकपअघि नै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनेछु ।

हालेै स्पेनबाट स्वतन्त्रता प्राप्तिका लागि क्याटालोनियामा भएको जनमतसंग्रहले वैधानिकता पाएमा आफूहरूसँग ला लिगा छाड्ने विकल्प नहुने बार्टमेयुले बताए ।

Leave A Comment