फुटबलमय झापाली दसैँ

आइतबार, २२ असोज २०७४, ०९ : ०० शुक्रवार
फुटबलमय झापाली दसैँ

झापा - चाडपर्वको छेक पारेर आयोजना भएको  फुटबल प्रतियोगिताले झापाको शिवसताक्षी र भद्रपुरको दसैँलाई यसपटक फुटबलमय बनायो । यसले दसैँको अवसरमा कुनै न कुनै प्रतियोगिता हुँदै आएको झापाको फुटबलको परम्परा पनि धानेको छ  । 
झापाली फुटबलका पुराना हस्ती एवम् वरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आलेका अनु्सार दसैको अवसरमा जिल्लामा फुटबल प्रतियोगिता हुने चलन पुरानै हो । ‘झापामा यस्तो अवस्था पनि थियो, जब सबैतिर फुटबल शुरु हुन्थ्यो बल्ल दसँै आए जस्तो हुन्थ्यो’, उनले भने ‘यसपटक दुधे र भद्रपुरले पुरानो विरासत जोगाए ।’ खेतीपाती सकिएको, मौसम पनि अनुकुल हुँदै जाने र बिदा लगायतका कारणले पनि यही याम फुटबल प्रतियोगिताका लागि उपयुक्त मानिने उनको भनाई छ ।  
शिवसताक्षी नगरपालिकामा   दसैँ अघि शुरु भएर फुलपातीको दिन समापन भएको भएको दूधे गोल्डकपले स्थानीयबासीको दसैँलाई थप स्वादिलो बनायो । ‘गाउँमै नाम चलेका खेलाडी र टिमको उपस्थितिले यसै पनि उत्साह थप्नेरहेछ’, शिवसताक्षी दुधेका बासिन्दा बुद्धि सापकोटाले भने ‘साता दिनसम्म खचाखच दर्शकको सहभागितामा प्रतियोगिता चल्दा गाउँको रौनक नै बेग्लै भयो ।’ नेपालका चर्चित आठ टिम सहभागी प्रतियोगिता राजधानीको चर्च ब्वाइजले जितेको थियो । 

सडन डेथमा सशस्त्र  प्रहरीको एपीएफ क्लबलाई ८–७ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले यो सिजनको पहिलो उपाधि हात पारेको थियो । उपाधि जितेसँगै चर्च ब्वाइजले ३ लाख १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र हात पारेको छ भने एपीएफले १ लाख ५१ हजार रुपैयाँमा चित्त बुझाएको छ । 
शिवसताक्षीमा देशकै चर्चित फुटबल टोलीहरु भिडिरहँदा भद्रपुरमा भने जिल्लाका फुटबल एकाडेमीहरु आफूलाई अब्बल प्रमाणित गर्ने दौडमा थिए । दसैँको  अवसरमा आयोजित यो प्रतियोगिताले जिल्लाका फुटबल स्तर मापन गर्न र नयाँ खेलाडी जन्माउन सहयोग पुगेको आयोजकले जनाएको छ । प्रतियोगिताको उपाधि केरखा स्टार क्लवले चुमेको छ  । उपाधी चुमेसगै केरखाले नगद एक लाख १ हजारसहित शिल्ड हात पारेको छ । उपविजेतामा चित्त बुझाएको काँकडभिट्टा फुटबल टे«निङ्ग सेन्टरले नगद ५१ हजारसहित शिल्ड पाएको छ । यो प्रतियोगिताको लक्ष्य धेरै हदसम्म पूरा भएको फुटबलकर्मीहरु बताउँछन् । ‘झापामा रहेका एकाडेमीहरुको उत्पादन आशालाग्दो देखिएको छ’, वरिष्ठ प्रशिक्षक आलेले भने ‘यसले जिल्लाको फुटबलमा आशावादी हुन प्रेरित गरेको छ ।’ 

Leave A Comment