वीर्यको बर्बादी

आइतबार, २२ असोज २०७४, ०९ : ०४ शुक्रवार
वीर्यको बर्बादी

तपाईंको शरीरले जति वीर्य बनाउँछ, त्यस हिसाबले जीवनभर एउटै सेक्स पार्टनर हुनु उति राम्रो आइडिया पक्कै होइन । यसको सदुपयोग गर्ने हो भने त सेक्स पार्टनर बढीभन्दा बढी हुनुपर्ने हो, होइन त ?
त्यसैले त स्तनपायी र अन्य जन्तु समूहमा एउटै सेक्स पार्टनर विरलै हुन्छ । मानिसका बारेमा पनि यस्तै हुनुपर्ने हो तर वास्तवमा कैयौँ संस्कृतिहरुमा कैयौँ जीवनसाथी बनाउने र बहुविवाह गर्ने चलन छ । 
एउटा अध्ययनअनुसार संसारभरिका ८३ प्रतिशत संस्कृतिहरुमा बहुविवाह प्रथा छ । यसका बाबजुद पनि अधिकांश संस्कृतिमा व्यवहारगत रुपमा हेर्दा एक स्त्री या एक पुरुषसँग विवाह गर्ने चलन छ ।
यसको एउटा मात्र कारण, एकभन्दा बढी जीवनसाथीको खर्च वहन गर्न नसक्नु नै हो । यस्तो अवस्थामा प्रश्न के उठ्छ भने एक स्त्री या पुरुषले एक मात्र विवाहमा चित्त बुझाउने कुरा बेकार हो भने बेग्लाबेग्ला संस्कृतिमा यो चलन किन छ त ?
एउटा नयाँ अध्ययनले यस बारेमा व्याख्या गरेको छ । नेचर न्युज जर्नलमा छापिएको एउटा आलेखअनुसार शोधकर्ताहरुको यौन सम्पर्कबाट सर्ने रोग  या आधिपत्यको कारण एक स्त्री या पुरुषबीच हुने विवाह लोकप्रिय बनेको हो ।
शोधकर्ताका अनुसार जुन बेला मानिसले शिकारबाट आफ्नो दैनिकी चलाउँथ्यो, त्यो बेला बहुविवाह व्यापक प्रचलनमा थियो र समयसँगै यस किसिमको प्रथा कमजोर हुन थाल्यो । सामाजिक दबाबका कारण पनि जीवनशैलीमा परिवर्तन हुन थाल्यो ।
शोधपत्रका लेखकमध्ये एक क्रिस बाबर भन्छन्, ‘यसलाई सरल तरिकाले बुझ्ने हो भने अपराधबाट बच्नका लागि हामीले प्रहरी विभाग बनाएजस्तै हो । पहिला बहुविवाह धेरै हुन्थ्यो किनभने त्यो बेला खेतीकिसानीका लागि बढीभन्दा बढी श्रमिक चाहिन्थ्यो ।’
जंगलमै बस्ने, प्राकृतिक जीवन जिउने क्रममा यौन संक्रमण उति ठूलो समस्या थिएन । त्यसैले बहुविवाह प्रचलित हुनु स्वाभाविक थियो । कसैलाई यौनरोगले सताए पनि त्यसले अरुलाई सार्ने र संक्रमण हुने त्यति खतरा थिएन । यो रोग लागे पनि समयसँगै आफैँ निको हुन्थ्यो । त्यो बेला यौन रोगको चपेटामा पर्नेहरुको संख्या निकै कम हुन्थ्यो । 
खेतीकिसानी युगसँगै क्रमशः यौनसम्बन्धी रोग पनि जन्मन थाल्यो र यसले संक्रमणको रुप लिन थाल्यो । यसको खतरा यति व्यापक हुन्थ्यो कि मानिसहरुले बहुव्यक्ति यौन सम्पर्कतर्फ ध्यान दिनै छाडे ।
अचेल यौनसम्पर्कबाट सर्ने रोगका उपचार सम्भव छ तर पहिला यस्तो थिएन किनभने मेडिकल साइन्सले यति धेरै विकास गरिसकेको थिएन । एकल विवाह लोकप्रिय हुनुको कारण सन्तानको लालनपालन राम्रोसँग हुन थालेको थियो । 
शुक्रकीट मार्दै हुनुहुन्छ ?
अचेल हरेक चारमध्ये एक युवामा वीर्यको गुणवत्ता कमजोर हुँदै जान थालेको छ । संसारभरि नै वीर्यको स्तर घट्ने समस्या देखिएको एउटा शोधले देखाएको छ ।
जागिरको तनाव, जीवनशैली र खास किसिमका रसायनका कारण वीर्यको स्तर खस्केको विशेषज्ञहरुको दाबी छ । वीर्यको स्तर खस्किनेको अर्थ प्रजनन शक्तिमा ह्रास हुनु हो ।
बिएमजे ओपन पत्रिकाका अनुसार वीर्यको गुणस्तर खस्किएका कारण  २० प्रतिशत लोग्नेस्वास्नीले सन्तान जन्माउन सकेका छैनन् । संसारभर नै यो समस्या देखिएको छ ।
सन् १९८९ देखि २००५ का बीच फ्रान्सेली पुरुषहरुको स्पर्म काउन्टमा एक तिहाईले कमी देखिएको छ । १५ वर्षको दौरानमा चिनियाँ पुरुषहरुको वीर्य गुणस्तर पनि स्वाट्टै घटेको छ ।
किन घट्दैछ ?
वीर्यको गुणस्तर किन घट्दैछ त ? ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिसिनका अनुसार तपाईंले सातामा २० घण्टाभन्दा बढी टेलिभिजन हेर्नुहुन्छ भने त्यसले तपाईंको गुणस्तर घटाउँछ ।
आर्काइभ अफ इन्टरनल मेडिसिनको शोधले भन्छ, तपाईंको मोटोपनले पनि वीर्यको स्तर घटाउँछ । सामान्य तौल भएका पुरुषको तुलनामा मोटा पुरुषका वीर्य स्तरहीन हुन्छ । ४२ प्रतिशत मोटा मानिसको वीर्यले काम गर्दैन । त्यसैले खापिन र व्यायाममा बढी नै जोड दिनुपर्ने शोधको दाबी छ ।
त्यस्तै इन्टरनेसनल जर्नल अफ फर्टिलिटी एन्ड स्टर्लिटीका अनुसार कडा परिश्रम गर्ने श्रमिक र खाना पकाउने भान्सेका शुक्रकीट सबैभन्दा असुरक्षित हुन्छन् । 
साइन्टिफिक रिपोर्ट २०१५ का अनुसार वीर्यको स्तर घटाउनेमध्येमा बिसफिनो ए –बिपिए) नामक रसायनको पनि ठूलो हात हुन्छ । घरायसी सामग्रीमा यसको प्रयोग हुन्छ । प्लास्टिक र कस्मेटिकका सामग्रीमा यसको भरपूर प्रयोग हुने गरेको छ ।

वीर्यका बारे तपाईंले थाहा नपाएका ९ कुरा
वीर्यका बारेमा तपाईंलाई धेरै कुरा थाहा होला तर यी नौ कुरा थाहा नहुन सक्छ ।
-    मानिसको वीर्यमध्ये आधा शुक्रकीट मात्र सक्रिय हुन्छन् । सक्रिय शुक्रकीट सिधा लाइनमा तैरिन्छ । सिधा लाइनमा तैरिने शुक्रकीट नै सक्रिय वीर्य हुन् । केही शुक्रकीट वृत्तमा तैरिने गर्छन् र ती अन्यसँग साथ छुट्ने गर्छन् ।
-    हालैको शोधअनुसार शुक्रकीटलाई सन क्रिम र कमेस्टिकले व्यापक कुप्रभाव पार्छन् । हुन त यस कुरालाई केही वैज्ञानिकहरुले अस्वीकार गरिसकेका छन् ।
-    नेदरल्यान्डका एक जना माइक्रोस्कोप बनाउने व्यक्तिले पहिलो पटक स्पर्मको खोजी गरेका थिए । उनले के पत्ता लगाउन शुक्रकीट खोजेको भन्ने अहिलेसम्म पत्तो लागेको छैन ।
-    औसत वीर्यमा शुक्रकीटको संख्या ३० लाख हुन्छ ।
-    सामान्य रुपमा पुरुषले एक सेकेन्डमा १५०० शुक्रकीटका कोष उत्पादन गर्ने गर्छ ।
-    कुनै व्यक्तिले जीवनभर स्खलन गर्दाको वीर्य जम्मा गर्ने हो भने यसको लम्बाई ६ माइलसम्म लामो हुने गर्छ । 
-    गर्मीयाममा शुक्रकीटको सक्रियता कम हुन्छ । शरीरका अन्य अंगको तुलनामा स्पर्म सात डिग्री फरेनहाइट कुलिङ हुन्छ । त्यसैले हामीले ल्यापटपलाई सधैँ काखमा राख्नु हुन्न भन्नुको कारण सधैँ शुक्रकीटलाई आवश्यक पर्ने शितलताको तुलनामा बढी नै तापक्रम शरीरमा पठाइरहेका हुन्छौँ ।
-    वीर्य स्खलन हुँदा ९० प्रतिशत शुक्रकीट विकृत भइसकेका हुन्छन् । ती शुक्रकीटले काम गर्न सक्तैनन् ।
-    वास्तवमा लाखौँमा एक स्पर्मले नै महिलाको अण्डाणुसँग प्रजनन गर्छ ।


 

Leave A Comment