दिउँसोको मेकअप

आइतबार, २९ असोज २०७४, १२ : ०५ शुक्रवार
दिउँसोको मेकअप

दिउँसो हतार हतार कतै जानुपर्ने अवस्थामा हल्का मेकअप गर्नुपर्छ । यसको लागि आँखा र अनुहारमा गर्ने मेकअपको जानकारी हुनुपर्छ । दिनमा मेकअप गर्दा खेरि फाउन्डेसन र कन्सिलरको तालमेल मिल्नु पर्छ । बिहानको समय आँखामा आइलाइनर र मस्कराको प्रयोग नगरेको राम्रो हुन्छ । मेकअप गर्दा धेरै भारी मेकअप गर्नु हुँदैन ।
अनुहारमा मेकअप गर्नुपहिले फेसवासले मुख सफा गर्नुपर्छ । त्यसपछि अनुहारमा टोनर लगाउनु पर्छ । त्यसपछि मात्रै अनुहारमा मेकअप लगाउनु पर्छ । टोनरले मेकअपलाई अनुहारमा फैलिन दिँदैन । त्यसपछि मात्रै कुनै मेकअप प्रयोग गर्नुपर्छ । दिउँसो सकेसम्म कम मेकअप प्रयोग गरेको राम्रो हुन्छ । दिनमा गरिने मेकअपमा गाजलको प्रयोग गरेको राम्रो हुन्छ । यसले सुन्दरता बढाउने काम गर्छ । दिनमा आँखामा मस्करा नलगाएको राम्रो मानिन्छ, यसको ठाउँमा आँखालाई आकर्षक बनाउन न्युट्रल सेडको प्रयोग गर्न सकिन्छ । दिनको मेकअपमा अनुहारमा हल्का फाउन्डेसन लगाउनु पर्छ । यसले अनुहारको दागलाई छोप्ने काम गर्छ । दिनमा गर्ने मेकअपमा लिपस्टिक अनिवार्य रुपमा लगाउनु पर्छ । यसले अनुहारको सुन्दरतालाई बढाउने काम गर्छ । दिउँसोको मेकअप हल्का मात्र होइन, लिपस्टिक पनि हल्का रङको प्रयोग गर्नुपर्छ ।

Leave A Comment