विभिन्न किसिमका हेयरस्टाइल

सोमबार, ३० असोज २०७४, १२ : २४ शुक्रवार
विभिन्न किसिमका हेयरस्टाइल

अहिले बजारमा विभिन्न किसिमका हेयर स्टाइलहरु चल्तीमा छन् । धेरै जो युवायुवतीले हेयर स्टाइलमा विभिन्न किसिमका प्रयोग गर्ने गर्छन् । आफ्नो रुप, रङ, बनोट, स्वभावका अनुसार नै हेयर स्टाइल बनाएको राम्रो हुन्छ ।  अचेल कति युवायुवतीहरु सिजनअनुसार हेयर स्टाइल बदल्ने गर्छन् । युवायुवतीले मन पराउने हेयर स्टाइलहरुमा ;
–    मेरी टप नट हेयरस्टाइल
यो हेयरस्टाइलले युवतीहरुको पर्सनालिटी निकै फरक देखाउँछ । यस किसिमको हेयर स्टाइल बनाउँदा उनीहरुलाई अग्लो पनि देखाउँछ । यस्तो हेयर स्टाइल बनाउन त्यति गाह्रो हुँदैन । यसका लागि सबै केसलाई एक मुठो बनाएर त्यसलाई टाउकोमाथि बाँध्नु पर्छ ।
–फ्रन्ट बफ हेयरस्टाइल
यो हेयर स्टाइल गर्मी मौसममा कलेजका युवतीहरुमाझ निकै लोकप्रिय हुने गरेको छ । त्यसो त यस किसिमको हेयर स्टाइलले सन् १९७० को दशकमा चलेका भारतीय फिल्मका सदाबहार फिल्म अभिनेत्रीको झल्को दिलाउँछ । अहिले यही शैलीको पुनरावृत्ति भएको हो । यसमा पछाडि जस्तै लो जूडो बनाइन्छ र अगाडिबाट केसलाई साइट पार्टिङ गरेर जुडोमा अट्याच गरिन्छ ।
–स्ट्रेट हेयर स्टाइल
कपाललाई सिधा बनाउने चलनले क्लासिक लुक दिने गर्छ । यो एकदमै सजिलो खालकोे हेयर स्टाइल हो । यसमा केसलाई खुला छाडिन्छ र त्यसको आधा गरेर पिन लगाइन्छ । यो स्टाइल जुनसुकै पहिरनमा पनि सुहाउने गर्छ ।
–ट्रेडिसनल लुक
यस्तो हेयर स्टाइल युवतीहरुले धेरै रुचाउने गर्छन् । यस्तो हेयर स्टाइल बनाउनका लागि धेरै समय लाग्दैन । खासगरी उत्सव, पर्व, भोज आदिमा यस्तो हेयर स्टाइल बनाउन सकिन्छ ।
–स्पाइक्स कट
युवाहरुमा स्पाइक कट निकै लोकप्रिय छ । यसले केससँगै अनुहारको लुकलाई परिवर्तन गर्ने गर्छ ।  यो कटमा युवाहरु ग्ल्यामरस र बिन्दास देखिन्छन् ।

–अन्डर कट
यो हेयरस्टाइलमा अगाडिको भाग छाडेर दायाँ/ बायाँको साइड छोट्याइन्छ । अहिले युवाहरु मात्र होइन, युवतीले पनि यस्तो हेयरकट रुचाउने गर्छन् ।

Leave A Comment