स्वप्नदोषका कारण

सोमबार, १३ कार्तिक २०७४, ०१ : २२ शुक्रवार
स्वप्नदोषका कारण

कतिपय युवकहरु स्वप्नदोष हुँदा वीर्यपतन भएको घटनाले भएको घटनाले चिन्तित बनेका हुन्छन् । किनभने उनीहरुलाई यो शरीरको स्वभाव र सहज प्रक्रिया हो भन्ने बारेमा कसैले भनेको हुँदैन । न त स्कुलमा यस्तो पाठ्यक्रम  छ न आमाबाबुले छोरा छोरीलाई यौन शिक्षा आवश्यक सम्झन्छन् । किशोरावस्थामा यौन अङ्गको विकास पूर्णरुपले हुन थालेपछि अण्डकोशले शुक्रकीट उत्पादन गर्न सुरु गर्दछ । यसै क्रममा निद्रामा यौन उत्तेजनात्मक सपना देखिन्छ र वीर्यपात हुन्छ । यसैलाई हामी स्वप्नदोष भन्दछौँ । आधुनिक चिकित्सा विज्ञानमा यसलाई सामान्य मानिने मात्र होइन,समुचित यौन विकास भइरहेको सङ्केतका रुपमा लिइन्छ ।
मनमा जव सम्भोगको चाहना उठ्त छ तब शरीरमा एक प्रकारको तरङ्ग, सनसनी फैलन्छ । यसै क्रममा वीर्य एकत्रित हुन थाल्छ र पहिल्यै उत्तेजित भएको लिङ्गतर्फ प्रवृत्त हुन्छ । जब एक फेर सम्भोग कल्पनाका कारण वीर्य एकत्रित हुन्छ, तव कुनै न कुनै प्रकारले बाहिर अवश्य निस्कन्छ । त्यसलाई रोक्ने कुनै प्रयास सफल हुन सक्तैन । या त मानिसले मैथुन गर्दछ या हस्त मैथुन । यी दुवै प्रक्रिया नअपनाएको बखतमा तदनुरुप सङ्कलित वीर्य स्वप्नदोषको माध्यमबाट शरीरबाहिर निस्कन्छ ।
स्वप्नदोष हुँदा मानिसले पहिला निद्रामा विपरीतलिङ्गीसँग लसपस गरेको सपना  देख्तछ । अन्त्यमा उसले सपनामै सम्भोग गरेको देख्छ । यतिखेर सपना जति स्पष्ट र कामोत्तेजनापूर्ण हुन्छ उत्ति नै शारीरिक उत्तेजना र तृप्ति अनुभूति हुन्छ । सपनामा देखेको सम्भोगका बेला वीर्यपतन  हुँदा वास्तवमै वीर्यपतन हुन पुग्दछ । तर यो वीर्य पतन सबै अवस्थामा उस्तै गरी हुँदैन । कहिले सम्भोग गर्न नपाउँदै वीर्यस्खलन हुन्छ त कहिले सपनामा वीर्यपात हुँदा पनि ब्युझँदा स्खलन भएको हुँदैन । यस्तो प्रायः अर्धजागृत अवस्थामा हुन्छ  ।
स्वप्नदोषको समस्या ज्यादातर हस्तमैथुनको जस्तै हुन्छ । अज्ञानका कारण युवकहरुले यसलाई कुनै खतर्नाक रोग सम्झन पुग्दछन् र यसबाट चिन्तातुर रहन्छन् । वास्तवमा किशोरावस्थामा स्वप्नदोष हुनु स्वभाविक हो । यद्यपि स्वप्नदोष हरेक युवकमा फरक फरक ढङ्गले हुन्छ । कसैलाई हप्तामा दुई पटक हुन्छ भने कसैलाई महिनामा दुई पटक । खानपान , रहन सहन, रतिरागरञ्जित विचार दिमाखमा खेलाउनु, कब्जियत हुनु, लगायतका कारणले स्वप्नदोष कसैलेलाई घटी या कसैलाई बढी हुन्छ ।
कुनै नवयुवकले यदि दुध, मलाई,बदामजस्ता पौष्टिक पदार्थ अधिक खान्छ,शारीरिक परिश्रम गर्दैन र कामवासनाको चिन्तन गर्दछ भने उसलाई दुई तीन दिनको अन्तरमा स्वप्नदोष अनिवार्य जस्तै हुन्छ ।
कसैकसैले स्वप्नदोषद्वारा वीर्य स्खलन भइहाल्छ, त्यसैले हस्तमैथुनद्वारा यौनसन्तुष्टि प्राप्त गरेर वीर्य स्खलन भइहाल्यो नि भन्ने पनि सोच्दछन् । यस्तो बहाना पाएर उनीहरु हप्तमैथुनमा अधिक संलग्न हुन्छन् ।
कतिपय युयकहरु स्वप्नदोषद्वारा धेरै वीर्यखेर गएको हुँदा शारीरिक कमजोरी हुन्छ र क्रमश ः शरीर शक्तिहीन हुन्छ भन्ने सोच्छन् । तर यस्तो सोच गलत हो । वीर्यमा कुनै शक्ति हुँदैन । यदि वीर्य शक्ति हुन्थ्यो भने प्रकृतिले स्वप्नदोषद्वारा त्यसलाई शरीरबाहिर निकाल्ने व्यवस्था गर्ने थिएन । प्रकृतिले सधैँ स्वास्थ्य र शरीरको अनुकूल क्रिया मात्र गर्दछ, प्रतिकूल र हानिकारक क्रियाहरु गर्दैन । त्यसैले युवकहरुले स्वप्नदोषलाई लिएर कुनै चिन्ता गर्नुपर्दैन । विपरीतलिङ्गीसँग सम्भोगको अवसर सिर्जना भएपछि अथवा विवाहपश्चात् स्वप्नदोष स्वतः हराएर जान्छ ।

 

Leave A Comment