मोबाइलको इन्टरनेट फास्ट बनाउने तरिका

सोमबार, १३ कार्तिक २०७४, ०१ : २४ शुक्रवार
मोबाइलको इन्टरनेट फास्ट बनाउने तरिका

तपाईँको मोबाइलमा डाटा स्पिडको समस्या छ र यो समस्यालाई कसरी समाधान गर्ने चाहनुहुन्छ भने केही तरिका अपनाउन सक्नुहुन्छ । गुगल प्ले स्टोरमा एउटा यस्तो एप छ, जसको माध्यमबाट इन्टरनेटको स्पिड १० गुणा ज्यादा बढ्ने छ । यस एपको नाम पफिन वेब ब्राउजर हो ।
१. यसको लागि तपाईं पहिला प्ले स्टोरमा जानुहोस् ।
२. प्ले स्टोरमा गएर पफिन वेब ब्राउजर खोज्नुहोस् । यहाँबाट यसलाई डाउनलोड गरी इन्स्टल गर्नुहोस् ।
३. यो करिब १४ एमबीको एप हो । इन्टरनेटमार्फत यसलाई खोल्नुस् ।
४. अब ३ पटकसम्म नेक्स्टमा क्लिक गर्नुपर्ने हुन्छ । यसपछि तपाईंले कुनै पनि वेबपेज वा एड्रेस खोल्न सक्नुहुनेछ । यो पहिलेको भन्दा धेरै स्पिडमा खुल्नेछ । यसरी प्रयोगकर्ताको इन्टरनेट स्पिड बढाउन सक्ने छन् ।
५. याद राख्नुहोस् कि यसबाट मात्र ब्राउजर चल्ने छ । यसबाट डाउनलोड भने गर्न सकिने छैन ।
पफिन वेब ब्राउजरबाहेक अरु पनि यस्ता धेरै एप छन् जो टुजी इन्टरनेटमा पनि स्पिड गर्न सहयोग गर्छन् । तीमध्ये केही बोल्ट, फास्ट, फास्टेस्ट मोबाइल ब्राउजर, इन्टरनेट ब्राउजर आदि छन् । यीमध्ये कयौँ ब्राउजरको एप पाइँदैन । यसलाई प्रयोग गर्न प्रयोगकर्ताले यसको युआरएल फाइल डाउनलोड गर्नुपर्ने हुन्छ ।

 

Leave A Comment