ओपोले नयाँ सेल्फी एक्स्पर्ट ल्याउँदै

मङ्गलबार, १४ कार्तिक २०७४, ०३ : ०२ शुक्रवार , Kathmandu
ओपोले नयाँ सेल्फी एक्स्पर्ट ल्याउँदै

ओपो मोबाइलले नेपाली बजारमा नयाँ सेल्फी एक्स्पर्ट सार्वजनिक गर्ने तयारी गरेको छ । सार्वजनिकको तयारीमा रहेको ओपोको नयाँ फोन नेपालमा ब्राण्डकै पहिलो फुल स्क्रिन मोडल हुनुका साथै यसमा नेपाली सेल्फी प्रेमीलाई विशेष ध्यानमा राखि उद्योगकै पहिलो आर्टिफिसियल इन्टेलिजेन्सी (एआई) प्रविधि उपलब्ध गरिएको छ ।
यसले कम्पनीको ‘दि सेल्फी एक्स्पर्ट एण्ड लिडर’को परिचयलाई थप सुदृढ बनाउनुका साथै सेल्फी मनपराउने यूवा जमातको समग्र मागको सम्बोधन गर्ने आशा गरिएको छ ।
नेपालमा उपस्थित फोन ब्राण्ड मध्य पहिलो पटक ओपोले यस फोन मार्फत सेल्फीका लागि फ्रण्ट क्यामेरामा आर्टि्फिसियल ईन्टेलिजेन्सी प्रविधि समाहित गरेको छ । नयाँ सेल्फी एक्स्पर्टमा अत्याधुनिक एआई ब्यूटी प्रविधि उपलब्ध छ ।
यसले वैश्विक फोटो डाटाबेस मार्फत आर्टि्फिसियल ईन्टेलिजेन्सीको प्रयोग गर्दै सेल्फीलाई अझ आकर्षक बनाउन सघाउने कम्पनीको दाबी छ ।
सार्वजनिक हुन लागेको नयाँ उपकरण ओपोकै पहिलो फुल स्क्रिन एफएचडी डिस्प्ले मोडल हो । यसले फोनको आकार ठूलो नबनाइकनै जीवन्त तथा उत्कृष्ट दृष्यानुभुति दिन्छ । उच्च रिजोल्यूशन क्षमता सहितको स्क्रीनले उपभोक्तालाई जीवन्त दृष्यानुभुति प्रदान गर्छ ।
सार्वजनिक गर्ने तयारीमा रहेको नयाँ सेल्फी एक्स्पर्टमा पछिल्ला उत्पादनका तुलनामा अझ आरामदायी सञ्चालन अनुभुति प्रदान गर्ने सोचका साथ परिस्कृत सञ्चालन प्रणाली उपलब्ध हुनेछ । नेपाली बजारमा नयाँ फोन नोेवेम्बर महिनाको मध्यतिर सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ ।

 

Leave A Comment