नयाँ किताब

सोमबार, २० कार्तिक २०७४, ०१ : ०५ रेणु त्वानाबासु
नयाँ किताब

पुस्तक : प्रेमालय
लेखक: अश्विनी कोइराला
विधा : उपन्यास
मूल विषय : प्रेमलाई विविध तरिकाले परिभाषित गर्ने प्रयास गरिएको यो उपन्यास प्रेमका विषयमा पढ्ने र पढाइने कलेजका बारेमा हो । हुन त प्रेम बिना यो संसारमा केही पनि छैन र पनि प्रेमका बारेमा गम्भीर हुने ठाउँ छैन । कलेजमा पनि यो पढाइँदैन । प्रेमबाहेक सबै विषयमा कलेजमा पढाइन्छन् । विज्ञान, व्यवस्थापन, मानविकी इत्यादि । तर जुन चिजले संसार चलिरहेको छ त्यसको कलेज छैन । त्यसैले प्रेम विषयमा पनि पढाउनुपर्छ । साथै यो पढाउन किन आवश्यक छ भनी केन्द्रमा राखेर यो उपन्यास लेखिएको छ ।
मूल्य : ३३३
प्रकाशक : बुक हिल
पृष्ठ संख्या :३०४

पुस्तक :कैरन
लेखक :ध्रुवसत्य परियार
विधा : कथासंग्रह
मूल विषय :संसारमा सबैभन्दा बढी रोचक विषय नै मिथक हो । मिथकमा आधारित पुस्तक सबैभन्दा बढी पढिन्छन् । कैरनमा अधिकांश कथा मिथकलाई नै आधार बनाएर लेखिएका छन् । लेखनशैली यस पुस्तकको सबैभन्दा सशक्त पक्ष हो । यस कथासंग्रहमा १२ वटा कथा संग्रहित छन् । अधिकांश कथाहरु यसअघि नै विभिन्न पत्रपत्रिकामा छापिए पनि यसलाई एकै ठाउँमा पढ्दा मज्जा लाग्छ । कात्तिक २५ गते यस कथासंग्रहको औपचारिक विमोचन हुनेछ । विमोचनसँगै पुस्तकमाथि बहस पनि हुनेछ ।
मूल्य : २७५
प्रकाशक : साङ्ग्रीला
पृष्ठ संख्य:२००


पुस्तक :घुमफिरी बन्दीपुर
लेखक : चीजकुमार श्रेष्ठ
विधा : संस्मरण
मूल विषय : यो पुस्तक चीजकुमार श्रेष्ठको निजी अनुभूतिका बारेमा हो । बन्दीपुरमा जन्मी हुर्किएका चीजकुमार समय क्रममा देश र विदेश पुगे, त्यहाँ पुगेर अन्ततः कसरी बन्दीपुरमै पुगे, बन्दीपुर र देश–विदेशका अन्य ठाउँको तुलनात्मक अध्ययन गरेका छन् । एक समय बन्दीपुर सदरमुकाम सरेपछि बन्दीपुर कसरी पूरै सुक्यो र पछि हराभरा पार्न कस्तो संघर्ष गर्नुप¥यो भन्नेबारे पुस्तकमा लेखिएको छ ।
मूल्य : ३९५
प्रकाशक ; फिनिक्स बुक्स
पृष्ठ संख्या : २९७

पुस्तक :हिन्दु संस्कृतिको परिशीलन
लेखक : मदनमणि  दीक्षित
विधा : दर्शन
मूल विषय : पूर्वीय दर्शन के हो ? यस सभ्यतामा पहिला कस्तो, किन, कसरी र के हुन पुग्यो भन्ने कुरा सबै उल्लेख गरिएको छ । पूर्वीय वैदिक संस्कार कस्तो थियोे ? मातृसत्ताको अवस्था हामीले अहिले सोचेजस्तो थियो कि बिल्कुलै फरक थियो आदिबारे यस पुस्तकमा विश्लेषण गरिएको छ । महाभारत कालमा कर्णहरुले जितेको र कौरवका पक्षमा कलम चलाइएको छ । पुस्तकले पूर्वीय सभ्यताका धेरै थाहा नपाएका पहलुहरु छोएको छ ।
मूल्य : ४६५
प्रकाशक : मञ्जरी पब्लिकेसन प्रा.लि.
पृष्ठ संख्या : ४२५

पुस्तक : स्वर्णिम समय
लेखक : दामोदर न्यौपाने
विधा :जीवनी
मूल विषय : कुनै न कुनै पद वा पक्षमा बसी देशका लागि महŒवपूर्ण काम गरेका ५१ जना व्यक्तित्वको बाल्यकाल र बालापनबारे लेखिएको यो पुस्तक यसअघि तुलना गरी प्रायः आउँदैनन् । त्यो बेलाको सिकाइ र अहिलेको सिकाइ, शिक्षा, बाल्यकाल तुलना गर्न खोजिएको छ । त्यो बेलाको समय, शिक्षा, आर्थिक अवस्था, भौगोलिक अवस्थाको चित्र मात्र होइन हिमाल, पहाड र तराईका विविध ठाउँ र भेगका मानिसहरुका बारे पनि किताबले स्पष्ट पार्ने प्रयास गरेको छ । लैंगिक आधारमा मात्र होइन, अपाङ्गताका अप्ठेराबारे पनि पुस्तकले बोलेको छ । पुस्तकमा अहिलेका व्यक्तिले त्यो बेलाको समाजको व्याख्या गर्न खोजेको छ ।
मूल्य : ४२५
प्रकाशक : इटर्नल पब्लिकेसन्स
पृष्ठ संख्या : ३१७

 

 

Leave A Comment