विनयको लगनगाँठो

बिहिबार, ३० असार २०७३, ११ : ०८ शुक्रवार , Kathmandu
विनयको लगनगाँठो

एकताका फिल्मवृत्तमा अभिनेता विनय श्रेष्ठ र अभिनेत्री ऋचा शर्माको प्रेमको चर्चा निकै थियो ।

रिलमा मात्रै नभएर रियलमा पनि रोमान्स गर्दै आएको कुरा उनले स्वीकारेका थिए । तर, उनीहरूको प्रेम लामो समयसम्म टिक्न सकेन । ऋचालाई छोडेका अभिनेता विनयले हालै लगनगाँठो कसेका छन् ।

उनले ब्युटी थेरापिस्ट एनी थापासँग यही साता बिहे गरेका हुन् । विनय र एनी तीन वर्षयता रिलेसनमा रहेका थिए । विनयले अभिनय गरेको पछिल्लो फिल्म ‘रेशम फिलिली’ हो ।

 

Leave A Comment