डेनमार्क जान खोज्नेलाई टिप्स

बिहिबार, २३ कार्तिक २०७४, १२ : ५७ शुक्रवार
डेनमार्क जान खोज्नेलाई टिप्स

डेनमार्क जान खोज्नेलाई निम्न टिप्स उपयोगी हुन सक्छन् ।
–डेनमार्क उत्तरी युरोप र उत्तरी एटलान्टिकको नर्डिक देश हो । नर्डिकका पाँच वटा देशमा डेनमार्क, फिनल्याण्ड, आइसल्याण्ड, नर्वे र स्वीडेन तथा तिनीहरूका स्वायत्त प्रदेश एलाण्ड, आइसल्याण्ड, फारो आइसल्याण्ड र ग्रीनल्याण्ड पनि पर्छन् ।
–डेनमार्क संवैधानिक राजतन्त्र भएको मुलुक हो । डेनमार्क सरकार पारदर्शिता र न्युन भ्रष्टाचारका कारण पहिलो दर्जामा पर्छ ।
–डेनमार्कका सबै कलेज, विश्वविद्यालयमा निःशुल्क शिक्षा उपलब्ध हुन्छ ।
–डेनमार्कको राजधानी कोपेनहेगन साइकल चढ्ने संस्कृतिमा विश्व प्रशिद्ध छ । डेनिसहरू संसारभरकै खुशी मानिस मानिन्छन् ।
–डेनमार्क समशीतोष्ण जलवायु, हिउँदमा हल्का जाडो र सुन्दर गर्मी याम हुने मुलुक हो ।
–डेनमार्कको अध्यागमन कानुनले अदक्ष कामदारका लागि श्रम बजार बन्द गरेको छ । उच्च दक्षता भएका व्यक्तिलाई भने तीन वर्षको प्रवेशाज्ञा दिइन्छ ।
–कानुनी रूपमा रोजगारीमा रहेका तेस्रो मुलुकका सबै नागरिकलाई डेनमार्कमा उनीहरूको सीपको विविधताका बाबजुद पनि समान अधिकार हुन्छ । सामान्यतः रोजगारदाताले कामदारहरूले आफ्ना कानुनी अधिकार तथा कर्तव्य बुझेका हुन्छन् भन्ने कुरा सुनिश्चित गर्छन् । देशको नियम अनुसार प्रतिघण्टा डेनिस क्रोनर १ सय १० को दर आप्रवासी कामदारलाई लागू हुन्छ । यी नियम उल्लंघन भएको खण्डमा आप्रवासीलाई उच्च अधिकारीसमक्ष सहयोगका लागि आग्रह गर्ने अधिकारी सुरक्षित गरिएको हुन्छ ।
–डेनमार्कका सबै घरमा केन्द्रीय ताप प्रणाली जडान गरिएको हुन्छ । त्यसैले यस्तो प्रणालीले कसरी काम गर्छ भन्ने जानकारी दिने दायित्व घर मालिकको हुन्छ  भने सो सम्बन्धि जानकारी माग्ने अधिकार आप्रवासी कामदारको हुन्छ । अग्नि सुरक्षा नियम पालना नगरेको खण्डमा तपाईंले जरिवाना तिर्नुपर्ने वा कारावासको सजायसम्म भोग्नुपर्ने हुन्छ । फोहोरमैलाको उचित विसर्जन स्थानीय काउन्सिलले तोकेको स्थान वा उपलब्ध गराएको कन्टेनरमा मात्र गर्नुपर्छ ।
–सवारी साधान नेपालको भन्दा ठीक विपरित सडकको दायाँतर्फबाट चलाइन्छ । डेनमार्कमा रेल, बस प्रशस्त मात्रामा उपलब्ध हुन्छन् ।
–नेपालमा फोन सम्पर्क गर्नका लागि एशियन पसलहरूमा सस्तो खाले टेलिफोन कार्ड पाइन्छन् । तथापि भाइवर, स्काइप, फेसबुक पनि सजिलो माध्यम हुन सक्छन् ।
–डेनमार्क सरकारले कार्यस्थलमा लैगिक तथा विविधता सम्बन्धि समान अवसरको नीति अपनाएको छ ।
–डेनिस नागरिकसँग विवाह गर्दैमा स्वतः डेनिस नागरिकता अथवा आवासीय अनुमति प्राप्त हुँदैन । डेनमार्कमा बसोबास गर्ने वा डेनमार्कको आवासीय अनुमतिप्राप्त गरेका अन्य मुलुकका नागरिकसँग विवाह गर्दैमा पनि स्वतःआवासीय अनुमति प्राप्त हुँदैन । डेनमार्कमा जन्मिएका बच्चा पनि स्वतः डेनिस नागरिक हुँदैनन् ।

Leave A Comment