जाडो महिनामा छालाको हेरविचार

सोमबार, २७ कार्तिक २०७४, १२ : १५ शुक्रवार
जाडो महिनामा छालाको हेरविचार

जाडो महिनामा चिसोले छालालाई बिगार्ने गर्छ । जाडो महिनामा छाला सुख्खा हुनुका साथै अनुहारको चमक उडेर जाने गर्छ । जाडो महिनामा छालाको रङ फुङ्ग उडेर जाने र सुख्खा हुने गर्छ । यस्तो मौसममा छाला चिलाउने समस्या धेरै हुन्छ । यसले छालामा इन्फेक्सन पनि हुने गर्छ । आफूले राम्रो क्रिम प्रयोग गर्दा पनि छालामा कुनै प्रकारको परिवर्तन देखिएन भने आफ्नो छालाको टेक्स्चर थाहा पाउनु पर्छ । आफ्नो छालाको टेक्स्चर थाहा पाइसकेपछि त्यही अनुसारको ब्युटी प्रोडक्ट प्रयोग गर्नुपर्छ । यसले छालाको धेरै समस्या समाधान   गर्छ ।
जाडोमा अल्कोहल र मिनरल आयल भएको क्रिमको प्रयोग गर्नु हुँदैन । यस्ता खालका ब्युटी प्रोडक्टको क्रिम प्रयोग गर्दा छाला उज्यालो देखिए पनि फाइदाजनक भने हुँदैन । छालालाई प्राकृतिक रुपमा चम्किलो बनाउन प्राकृतिक ब्युटी प्रोडक्ट प्रयोग गर्नुपर्छ । जाडोमा सधैं भिटामिन ई भएको क्रिमको प्रयोग गर्नुपर्छ । जाडो मौसममा धेरै चिसो हुन्छ । त्यसैले यो समयमा मानिसहरुले हिटरको प्रयोग गर्नुगर्छ तर हिटरले छालाको चिल्लोपनलाई सोसेर छालालाई सुख्खा बनाउने गर्छ । बजारमा पाइने कतिपय कोल्ड क्रिममा अल्कोहल तथा हानिकारक रसायन मिलाइएको हुन्छ । यस्ता क्रिम लगाउँदा छालालाई हानि हुने गर्छ । जाडो महिनामा नुहाउनु अगाडि प्रिबाथ क्रिम प्रयोग गर्नुपर्छ । यसले छालाको चिस्यानलाई बचाउँछ । जाडो महिनामा मन तातो पानीले नुहाउनु पर्छ । नुहाएपछि शरीरमा कोल्ड क्रिम वा लोसन लगाउनु पर्छ ।  

 

Leave A Comment