भिन्टेज नेपालको फेसन सो

शुक्रबार, ३१ असार २०७३, ०२ : ३७ शुक्रवार , Kathmandu
भिन्टेज नेपालको फेसन सो

भिन्टेज नेपाल फेसन सोअन्तर्गत १६ जना मोडेलहरू ¥याम्पमा उत्रिएका छन् । एड इन्सिपिरेसनले राजधानीमा आयोजना गरेको कार्यक्रममा मोडलहरू विभिन्न पहिरनमा ¥याम्पमा उत्रिएका हुन् ।
उनीहरू मदन पौडेलको पार्टी वेयर गाउन, श्रेशा पौडेलको कर्पोरेट पार्टी वेयर र रविन परियारको पार्टी वेयर डिजाइनमा प्रस्तुत भएका थिए । ¥याम्पमा बद्री विष्ट,, एसराज, विपल कार्की, प्रदीप बास्तोला र दीपक घिमिरे नेपाली ढाकाटोपी पहिरनमा उत्रिएका थिए । मोडलहरूलाई कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिएका थिए ।
लामो समयको प्रशिक्षणपछि उनीहरूलाई ¥याम्पमा उतारिएको एड इन्सिपिरेन्सका फाउन्डर मदन पौडलले जानकारी दिए । ‘सबै मोडलहरू हाम्रो कम्पनीअन्तर्गत नै रहनेछ । उनीहरूको लागि हामीले अन्तर्राष्ट्रिय प्लेटफर्म दिन पनि मद्दत गर्नेछौँ,’ पौडेलले भने ।
कार्यक्रममा अभिनेता सुशील क्षत्री, क्रिकेटर विनोद दास, फुटबलर भरत खवास, अमृत चौधरी, आदित्य चौधरीलगायत उपस्थित थिए ।

 

Leave A Comment