जाडोको मेकअप

शनिबार, ०९ मङि्सर २०७४, ०२ : ५८ शुक्रवार
जाडोको मेकअप

जाडो महिनामा विवाह तथा अन्य पार्टीहरूमा जानुपर्ने हुन्छ । यस्तोमा चिसोले गर्दा हुने छालाको समस्याले धेरैलाई सताउनु स्वाभाविकै हो । यस्ता समस्याबाट चिन्तित हुनुभन्दा आफ्नो अनुहार तथा छालाको स्याहार कसरी गर्ने भन्ने तल दिइएको जानकारी तपाईंका लागि लाभदायक हुन सक्छ ।
अन्य महिनाको तुलनामा जाडो याममा अनुहार र छालाको स्याहार राम्रोसँग गर्नुपर्छ । अन्य महिनाको तुलनामा जाडो महिनामा कोल्ड क्रिम र एसपिएफ युभी प्रोटेक्सन क्रिम लगाउनुपर्छ । जाडो महिनामा छालालाई स्वस्थ राख्न मोस्चराइजरको प्रयोग दिनमा दुई पटक गर्नुपर्छ । जहिले पनि आफ्नो छाला अनुसारको मोस्चराइजर प्रयोग गर्नुपर्छ । जाडो महिनामा गर्मी महिनाजस्तो मेकअप नगरेर हल्का मेकअप गर्नुपर्छ । जाडो महिनामा आँखालाई सुहाउने हल्का कलरको आइस्याडो लगाएको राम्रो हुन्छ । जाडो मौसममा अनुहार निकै ड्राइ हुन्छ, त्यसैले जाडो महिनामा कम्प्याक्ट पाउडर नलाएकै राम्रो हुन्छ ।  
जाडोमा मनतातो पानी पिउनु राम्रो हुन्छ । जाडोमा छालामा फुस्रोपन आउने, छाला चिरिने, फुट्ने लगायतको समस्या आउने गर्छ । यस्तोमा दूधको तरले छालाको मसाज गर्नुपर्छ, यसले छालालाई नरम बनाउँछ । जाडो महिनामा ओठ फुट्ने समस्या पनि धेरैलाई हुन्छ । त्यसैले जाडो महिनामा ओठमा जहिले पनि लिप केयर लगाउनु  पर्छ । जाडो महिनामा ब्राइट मेकअप गरेको राम्रो हुन्छ । जाडो महिनामा आँखामा बाक्लो  आइलाइनर लगाएको राम्रो हुन्छ । जाडोमा आँखामा मस्कारा लगाएको राम्रो हुन्छ ।
जतिसुकै जाडो भए पनि मेकअप गर्दा अनुहारमा फाउन्डेसन र मस्चराइजर प्रयोग गर्नुपर्छ । जाडो महिनामा वैवाहिक समारोहमा आकर्षक तथा ब्राइट कलरहरूको प्रयोग गर्नुपर्छ । यसले लामो समयसम्म पनि फ्रेस देखाउन मद्दत गर्छ । लेहेंगाको कलर रातो, हरियो या गोल्डेन जस्तो भए पनि गोल्ड आई मेकअप सबैलाई सुहाउँछ । त्यस्तै, कुनै पनि प्रकारको हेभी साडीमा पनि गोल्ड आई मेकअप सुहाउँछ । जाडोमा सकेसम्म कम मेकअपको प्रयोग गर्नुपर्छ,  यसले नेचुरल लुक दिने गर्छ ।

 

Leave A Comment