छालाको सुन्दरता बिगार्ने बानी

शनिबार, ०९ मङि्सर २०७४, ०३ : ०४ शुक्रवार
छालाको सुन्दरता बिगार्ने बानी

हाम्रा कतिपय बानी यस्ता हुन्छन्, जसले हाम्रो सुन्दरतालाई बढाउनुभन्दा घटाइरहेका हुन्छन् । साना–साना गल्तीले पनि हाम्रो सुन्दरतालाई बिगार्ने गर्छ । चिसो मौसममा तातोपानीले नुहाउन सबैलाई मनपर्छ तर तातो पानीले धेरै बेर नुहायो भने छालामा हुने फ्याट्टी एसिड, सेरामाइड्सजस्ता तत्वहरु नष्ट हुने गर्छ । जसले गर्दा छाला रुखो, सुख्खा र फुस्रो हुन्छ । तातो पानीले नुहाउँदा १० देखि १५ मिनेटभन्दा बढी नुहाउनु राम्रो हुँदैन ।
सुगन्धित साबुनले नुहाउने, यसको धेरै प्रयोग गर्ने धेरै मानिसहरुको बानी हुन्छ । यस किसिमको बानीले छालामा  भएको मोस्चराइजर कम हुँदै जानुको साथै छाला फुस्रो बन्छ । नुहाउँदा जहिले पनि तेलमिश्रित साबुन, बडी वास वा सुगन्ध नमिसाइएको साबनु छान्नु राम्रो हुन्छ । नुहाएपछि हामी कपाल र शरीरलाई तौलियाले बेस्कन पुछ्ने गर्छौं । यसले  छाला रगडिने, यसको म्वइस्चराइजर उड्ने गर्छ । नुहाएपछि जोडले कपाल पुछ्यो भने कपाल झर्ने गर्छ । त्यही भएर नुहाएपछि तौलियाले बिस्तारै पुछेर शरीरलाई ओभानो बनाएको राम्रो हुन्छ ।
जाडो महिनामा घामले त्यति नपोल्ने भएकाले हामी गर्मीमा मात्र अनुहारमा सनस्क्रिन क्रिम लगाउने गर्छौं तर छालालाई हानि पुर्याउने सूर्यको किरण हरेक मौसममा हुने गर्छ । त्यसैले जाडोमा पनि सन स्क्रिन क्रिमको प्रयोग गर्नु पर्छ ।  जाडो महिनामा यसको प्रयोग गरिएन भने अनुहार, घाँटी, गर्धन र हातको छाला बिग्रिन सक्छ ।

 

Leave A Comment