महिन्द्राको गस्टो आर एस स्कुटर बजारमा

शुक्रबार, १५ मङि्सर २०७४, ०१ : ०२ शुक्रवार
महिन्द्राको गस्टो आर एस स्कुटर बजारमा

अग्नि ग्रुपको सहायक कम्पनी तथा महिन्द्रा टु ह्विलरको आधिकारिक बिक्रेता अग्नि मोटो इन्कले नेपाली बजारमा गस्टो आर एस स्कुटर सार्वजनिक गरेको छ । स्पोर्टी बडिग्राफिक्स रहेको स्कुटर रातो तथा सेतो र नीलो तथा सेतो रङमा उपलब्ध छ ।
१०९.६ सिसीको सिंगल सिलिन्डर रहेको स्कुटरमा एयर कुल्ड इन्जिनले ८ बिएचपीको पावर र ९ एनएमको पिक टर्ग दिन्छ । १२ इन्च टायर रहेको स्कुटरमा १६५ एमएमको ग्राउन्ड क्लियरन्स छ । यसमा ६ लिटरको इन्धन स्टोरेज क्षमता छ । डिसप्ले प्यानलमा सरल तथा छिटो पहुँचका लागि आर्कषक फन्ट स्टोरेज पनि राखिएको छ । यसको नेपाली बजारमा एक लाख ६७ हजार पाँच सय मूल्य तोकिएको छ ।

Leave A Comment