सगुनले स्मार्टकार्ड ल्याउँदै

शुक्रबार, १५ मङि्सर २०७४, ०२ : १५ शुक्रवार
सगुनले स्मार्टकार्ड ल्याउँदै

सामाजिक सञ्जाल सगुनले आफ्ना प्रयोगकर्तालाई नाफा बाँड्ने र आर्थिक उपार्जन गर्ने दाबी गर्दै सोसल स्मार्ट कार्ड वितरण गर्ने भएको छ । सगुनले विश्वभरका आफ्ना प्रयोगकर्तालाई उनीहरुले बिताएको समयको मूल्य दिने दावी गर्दैयो योजना अघि सारेको छ ।
कम्पनीकाअनुसार आफ्ना प्रयोगकर्तालाई सगुनले सोसल स्मार्ट कार्ड दिनेछ । सोही स्मार्ट कार्डमा आफूले बिताएको समय अनुसारको रकम जम्मा हुने बताइएको छ ।
त्यसबाट प्रयोगकर्ताले अनलाईन किनमेल गर्न सक्ने र आफन्त, प्रियजनसँग बिताएको समयको मूल्य पनि पाउने कम्पनीले जनाएको छ । नेपालीले नेतृत्व गरेको सामाजिक संजाल सगुनले नै सबैलाई उछिनेर नयाँ सुरुवात गर्न लागिएको कम्पनी बताउँछ ।
नेपाल, अमेरिका, भारत, बेलायत लगायतका देशमा आफ्नो कार्यालय खोलेको सगुनले विश्वभरका नेपालीहरुलाई आफ्नो अभियानमा जोड्दै महत्वाकांक्षी पाइलाहरु अगाडि बढाएको बताएको छ ।
लामो समय लगाएर बनाइएको एन्ड्रोइड एप समेत डिसेम्बर महिनाको तेस्रो हप्ता सार्वजनिक गर्न बताइएको सुगुनले जनाएको छ । सगुनको मिनि आइपीओ अन्तर्गत खुल्ला गरिएको सेयरमा विश्वभरबाट नेपालीहरुले लगानी गरिरहेका कम्पनीको दाबी छ ।
यही नोभेम्बर ३० तारिखसम्म खुल्ला रहेको सगुनको सेयरमा सहभागी हुन र नेपाली नेतृत्वको गौरवको अभियानमा हातेमालो गर्न सगुनले सबैमा अपील गरेको छ ।

Leave A Comment