मेगनको इन्गेजमेन्ट

शुक्रबार, १५ मङि्सर २०७४, ०२ : ४३ शुक्रवार
मेगनको इन्गेजमेन्ट

बेलायती राजकुमार ह्यारी र मोडेल तथा अभिनेत्री मेगन मर्केलको इन्गेजमेन्ट भएको छ । केही समयमै विवाह बन्धनमा बाँधिन लागेका उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा थिए । राजपरिवारको स्रोतका अनुसार उनीहरुले यही महिनाको सुरुवाततिर लन्डनमा इन्गेजमेन्ट गरेका हुन् । यसबारेमा ह्यारीले आमा र आफन्तजनहरुलाई समेत बताएका छन् । अझ उनले मेगनको परिवारका तर्फबाट आशीषसमेत लिइसकेका छन् । आगामी वर्षको सुरुवाती महिनामा विवाह गर्ने उनीहरु किंग्स्टन प्यालेसको नोट्टिङहाम कटेजमा बस्ने बताइन्छ । आफ्नो छोराको इन्गेजमेन्टपछि आफूहरु निकै खुसी भएको र उनीहरुलाई सधैं सुखी देख्न चाहेको भन्दै रानी एलिजाबेथ र राजा फिलिपले विज्ञप्तिसमेत जारी गरेका छन् ।

 

Leave A Comment