सुन्दर अनुहारका लागि मेवा

शुक्रबार, १५ मङि्सर २०७४, ०३ : १५ शुक्रवार
सुन्दर अनुहारका लागि मेवा

मेवा खाँदा स्वादिष्ट मात्र होइन यसको समुचित उपयोगले हाम्रो स्वास्थ्यलाई पनि फाइदा दिन्छ भन्ने कुरा नयाँ होइन । मेवाको प्रयोग छालासँग सम्बन्धित समस्या हटाउनका लागि सदियौँदेखि उपयोग गर्ने गरिएको छ ।
– मेवा हाम्रो स्वास्थ्यका लागि निकै फलदायी फल हो । मेवाको प्रयोगले अनुहारको सुन्दरता निखार्न सकिन्छ । यसले हाम्रो अनुहारको रंगलाई निखार्नुका साथसाथै छालाको समस्यालाई पनि हटाउँछ ।
–    बढ्दो उमेरसँगै हाम्रो अनुहारमा पर्ने चाउरी र कालो धब्बा (डार्क सर्कल) आउन थाल्छ । मेवाको प्रयोगले यस्ता समस्याबाट केही हदसम्म मुक्ति पाउन सकिन्छ । मेवामा भएको भिटामिन सी, भिटामिन ई र एन्टी अक्सिडेन्टले अनुहारलाई चाउरिनबाट बचाउँछ ।
–    अनुहारमा रहेको कालो दाग हटाउनका लागि मेवा र टमाटरको लेप बनाएर अनुहारमा लगाउन सकिन्छ । अनुहारमा लेप सुकेपछि त्यो प्रक्रिया फेरि तीन–चारपटक दोहो¥याउनु पर्छ, त्यसपछि चिसो पानीले मुख सफा गर्नुपर्छ ।
–    मेवालाई स्क्रब बनाएर अनुहारमा लगायो भने अनुहारको दाग कम हुन्छ । यसले अनुहारको रङ पनि निखारेर गोरो बनाउँछ । मेवालाई म्यास गरेर अनुहारमा लगाउने र ५ मिनेटपछि सफा पानीले मुख सफा गर्नुपर्छ ।
–    मेवाको फेस प्याक सबै उमेरका मानिसका लागि उपयोगी हुन्छ । आधा कप मेवा र दूधको लेप बनाएर अनुहारमा लगाएर केहीबेर सुख्खा राख्न दिएर सफा पानीले मुख सफा गर्नुपर्छ । यसले सन बर्नको समस्याबाट जोगाउँछ ।

 

Leave A Comment