अनुहारका लागि दही

शुक्रबार, १५ मङि्सर २०७४, ०३ : १७ शुक्रवार
अनुहारका लागि दही

अनुहारको हरेक समस्याका लागि दही बहुतै उपयोगी हुन्छ । यसले अनुहारको दाग, धब्बा हटाउनुका साथै छालाको चमक फर्काउन सहयोग गर्छ । दहीमा अरु कुनै तŒव मिसाउनु भयो भने त यो झनै उपयोगी हुन्छ । दहीमा कागतीको रस, टमाटरको रसजस्ता प्राकृतिक चिज मिसाउन सकिन्छ । यसले अनुहारलाई चमक दिने गर्छ ।
–    कतिपयको मुहारमा डण्डिफोरको समस्या देखिने गर्छ । यसलाई ठीक गर्नका लागि दहीको प्रयोग गर्न सकिन्छ । पहिले अनुहारलाई राम्ररी पानीले सफा गर्ने, त्यसपछि अनुहारलाई राम्रोसँग पुछ्नुपर्छ । त्यसपछि अनुहारमा दही लगाउनुपर्छ, यसलाई करिब १५ मिनेटसम्म अनुहारमा सुक्न दिएर अनुहार सफा गर्नुपर्छ । यसले अनुहारलाई मश्चराइज गर्छ ।
–    छाला निकै सुख्खा छ भने पानीको कमीले त्यस्तो हुन सक्छ । यसलाई कम गर्नका लागि प्रशस्त पानी पिउनु पर्छ ।  यसका साथै अनुहारमा दही र महको लेप लगाउन सकिन्छ । यसले अनुहारलाई नरम बनाउने गर्छ ।
–    दहीको फेस प्याकले अनुहारमा चमक ल्याउँछ । दहीले ‘डेड स्किन’ सफा गर्नुका साथै अनुहारमा निखार पनि आउँछ । दहीलाई हातमा लिएर १५ मिनेटसम्म अनुहारमा मसाज गरेर मनतातो पानीले अनुहारलाई सफा गर्नुपर्छ ।
–    निद्राको कमीका कारण आँखाको तल कालो घेरा डार्क सर्कल हुने गर्छ । डार्क सर्कल हटाउनका लागि आँखाको तल्लो भागमा दहीलाई लगाएर केही बेर सुख्न दिएर सफा पानीले सफा गर्नुपर्छ ।
दहीले अनुहारलाई चम्किलो बनाउनुका साथसाथै नरम पनि बनाउने गर्छ । यसले अनुहारमा हुने अन्य समस्यालाई पनि कम गर्ने गर्छ ।

Leave A Comment