ग्यास चुलो मर्मत गर्ने दिदी

शुक्रबार, १५ मङि्सर २०७४, ०३ : २८ शुक्रवार
ग्यास चुलो मर्मत गर्ने दिदी

‘बहिनी बुबा हुनुहुन्छ ? ‘ग्राहकको प्रश्न, अनि उनको जवाफ ‘किन हो र ? ‘ग्यास चुलो बिग्रेर बनाउन ल्याएको त्यही भएर । खै खै ल्याउनु त उनले भनिन् । खोलखाल पारेर बनाउन थालिन् । ग्राहकले जिल्ल परेर भन्ने गर्दथे तपार्इंलाई नि आउँछ र ? अनि उनले व्यवहार नै देखाउँथिन् आउँछ भन्ने कुरा । मैतिदेवीस्थित मैतिदेवी ग्यास चुल्हो मर्मत केन्द्रकी रञ्जु बस्नेत  सानी मान्छे त्यो पनि केटीकेटी मान्छेलाई प्राविधिक काम आउँदैन भन्ने आम मानसिकता तर उनले यो केटाको काम यो केटीको काम भनेर छुट्टाइनन् । जसको फलस्वरूप उनी ग्यास चुलो बनाउने दक्ष महिला भएकी छन् ।
व्यवस्थापनमा स्नातकोत्तर गरेकी उनी अरूको काम गर्न मन नलागेकै कारण यो काम गरेको बताउँछिन् । उनले अगाडि भनिन्,  ‘मलाई यो काम ठूलो यो काम सानो भन्ने लाग्दैन अरूको काम गर्नुभन्दा सानै भए पनि आफ्नै काम गरुँ भन्ने लाग्छ ।’
देशमा बन्द हड्ताल भइरहने, ग्यासको संकट आइरहने त्यो बेलामा पनि आफूले राम्ररी ह्याण्डिल गरेको बताइन् । कोही त अहिले नै पिटुँझैं गरेर आउँथे तर उनले सम्झाएर हुनेलाई सम्झाएर नभए थर्काएर भए पनि व्यवस्थापन गर्ने गर्थिन् । उनलाई यो व्यवसाय अझ बढी विस्तार गर्ने योजना छ । उनले यो काम गरेको ११ वर्ष भएको छ, बिहे गरेपछि पनि आफू यो काम नछोड्ने बरु अझ बढी विस्तार गर्ने उनले बताइन् ।
महिलाहरु स्वभिमानी बन्नुपर्ने, सानोतिनो काम गरेर भए पनि अरूसँग हात फैलाउन नहुने उनको आफ्नै सिद्धान्त छ ।

Leave A Comment