बेनिशाको इमान !

सोमबार, ०३ पुष २०७४, ०२ : १९ शुक्रवार
बेनिशाको इमान !

फिल्म उद्योगमा फिल्मको व्यापार फापोस् नफापोस्, अवार्डको व्यापार राम्ररी फस्टाएको छ । त्यसैले वर्षभरि जति फिल्म हिट हुन्नन्, त्योभन्दा कैयौं गुना ज्यादा अवार्ड कार्यक्रम हुन थालेका छन् । यसका लागि कलाकारले मन्त्री फकाउनेदेखि आयोजक किन्नेसम्म घटनाले यस्ता अवार्ड विकृत छन् । हालैका दिनमा यस्तो घटना घट्यो, जुन अवार्ड इतिहासमै विरलै हुन्छ । त्यो घटना थियो कलाकारले अवार्ड फिर्ता गरेको घटना ।
अभिनेत्री बेनिशा हमालले आफूले पाएको अवार्ड फिर्ता गरेर अवार्डको इतिहासलाई दुर्लभ बनाएकी हुन् । दुबईमा मनपर्दी बाँडिएको दोस्रो म्युजिक भिडियो अवार्डमा बेनिशालाई आयोजकले वर्षकै सबैभन्दा चर्चित कलाकारको रुपमा अवार्ड दिएका थिए । बेनिशाले दुबईमा सो अवार्ड स्टेजमै गएर ग्रहण गरेकी थिइन् तर नेपाल आएर के भयो कुन्नी उनले सो अवार्ड आयोजकलाई नै फिर्ता गरिदिइन् । फिर्ता गर्दाको उनको तर्क भने तालीको लायक थियो । समाचारमा आए अनुसार बेनिशाले आफू नेपालको चर्चित अभिनेत्री नभएकाले आफूले पाएको अवार्ड जायज नभएको उनको तर्क थियो । इमान होस् त बेनिशाको जस्तो !
 

Leave A Comment