श्वेताको राजनीति

सोमबार, ०३ पुष २०७४, ०२ : २२ शुक्रवार
श्वेताको राजनीति

पहिलो त श्वेताले हतारहतार गीत रिलिज गर्दै माघ २६ मा आफूले निर्माण गरेको फिल्म ‘कान्छी’ ल्याउने  घोषणा गरिन् । केही समयपछि जब अनमोल केसीको अभिनय रहेको ‘कृ’ले पनि सोही मितिमा आउने घोषणा ग¥यो, फेसबुकमा लामो स्टाटस लेख्दै भुवन केसीले आफूलाई अबला सम्झेर हेप्न खोजेको भनी सहानुभूति लिन खोजिन् । बीच बीचमा ‘कान्छी’ सर्छ र ? भन्ने पत्रकारको प्रश्नमा श्वेताले कसैगरी पनि फिल्म नसर्ने जवाफ दिने गरेकी थिइन् । सोमबार भने उनले अनमोलको फिल्मसँग जुध्न नचाहेको भन्दै फिल्मको रिलिज एक हप्ता पर सारेको घोषणा गरिन् । अझ थप केही अन्तर्वार्तामा उनले भुवन केसीको सम्मानमा मैदान खाली गरिदिएको पनि बताएकी छन् । नयाँ घोषणाअनुसार श्वेताको फिल्म फागुन ४ मा रिलिज हुनेछ ।
श्वेताको निर्णयमा अचानक भएको युटर्नमा भने धेरैले अनमोल वा भुवन केसीभन्दा बलिउड फिल्म ‘पद्मावति’ कारण रहेको बताएका छन् । राजनीतिक विवादका कारण सेन्सर रोकिएको फिल्म डिसेम्बर १ बाट सरेर अप्रिल ९ मा आउने सम्भावनाको खबर बाहिरिएसँगै श्वेताले फिल्म सारेको केहीको अनुमान छ तर उनले भुवन केसी र अनमोलका लागि ठाउँ छाडिदिएको बताएर आफ्नो हात माथि पार्न खोजेकी छन् ।  श्वेता त्यसै व्यापारमा सफल भएकी हैन रैछिन्, बाबै !

Leave A Comment