५० लाखकी अध्यक्ष ?

सोमबार, ०३ पुष २०७४, ०२ : २६ शुक्रवार
५० लाखकी अध्यक्ष ?

६ महिनादेखि खालि रहेको चलचित्र विकास बोर्डको अध्यक्षमा सञ्चारमन्त्री मोहन बस्नेतले निकिता पौडेललाई नियुक्त गरेपछि फिल्मकर्मीबीच उनको नियुक्तिले हलचल ल्याएको छ । यस्तो हलचलमा धेरैको मनमा उठेको प्रश्न हो, राप्रपाको मान्छेलाई कांग्रेसले कसरी नियुक्त गर्न राजी भयो ? यो प्रश्नसँगै उत्तर पनि बाहिरिएको छ । बजारमा चर्चा छ, अध्यक्ष नियुक्तिका लागि बस्नेतले ५० लाखसम्मको थैली समातेका छन् । अध्यक्षको दौडमा रहेकी सुचित्रा श्रेष्ठले फेसबुकमा स्ट्याटस नै लेखेर निकिताले  ५० लाख तिरेर अध्यक्षको नियुक्ति लिएको दाबी गरेकी छन् ।
यता केही थरिले भने बोर्डमा निकिताको नियुक्तिलाई चोरलाई तालाचाबी सुम्पिएको भनी सरकारको निर्णयको आलोचना गरेका छन् । निकिता गोपीकृष्ण मुभिजकी अध्यक्ष हुन् र उनले सिनेमा हल चेनदेखि रेडियो र टेलिभिजनसम्म हेर्ने गर्छिन् । निर्मातालाई दुःख दिने मामलामा गुण सिनेमा हल र गोपीकृष्ण हल पहिलो नम्बरमा आउँछन् । त्यसैगरी गोपीकृष्ण मुभिजले हिन्दी फिल्म वितरणमा ठूलो हिस्सा ओगटेको छ, जसका कारण नेपाली निर्माता फिल्म रिलिज गर्दा आफ्नो क्यालेन्डरभन्दा हिन्दी फिल्मको क्यालेन्डर हेर्न बाध्य छन् । यस्तोमा निकिताको नियुक्तिमा सिनेमाप्रेमीको चिन्ता छ, ‘जोसँग निर्माताले लडाइँ गर्नुपर्नेमा उसैलाई सिनेमाको सर्वोच्च निकायको तालाचाबी सुम्पिएर के आशा गर्ने ?’

Leave A Comment