सबैभन्दा कामुक प्रियंका

सोमबार, ०३ पुष २०७४, ०३ : २४ शुक्रवार
सबैभन्दा कामुक प्रियंका

भारतमा धेरै युवाको ढुकढुकी बनेकी प्रतिभाशाली एवं सुन्दर अभिनेत्री हुन् प्रियंका चोपडा । अमेरिकी सिरियल ‘क्वानटीको’ र हलिउड फिल्म खेलेकी उै प्रियंका ‘सबैभन्दा कामुक एसियाली महिला’को अग्रपंक्तिमा छाएकी छन् । लण्डनमा रहेको एक ट्याबलोइडले गरेको सर्भेबाट प्रियंका सबैभन्दा कामुक एसियाली महिला घोषित भएकी हुन् । सन् २०१६ मा सबैभन्दा कामुकको सूचिमा रहेकी दिपिका पादुकोणलाई यसपाली उनले उछिनेकी छन् । प्रियंका अग्रपंक्तिमा आएसँगै दिपिका भने तेस्रो नम्बरमा परेकी छन् । ‘५० कामुक एसियाली महिला’को सूचि तयार पार्ने ट्याबलोइडले प्रियंका सुन्दर, बौद्धिक, साहसी र कोमल भावनाकी’ भएको लेखेको छ । उता प्रियंकाले भने यसको श्रेय प्रशंसकहरुको पोल्टामा रहेको भन्दै अनलाइन भोट गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।

Leave A Comment