माधुरीको ठुम्का

सोमबार, ०३ पुष २०७४, ०३ : २६ शुक्रवार
माधुरीको ठुम्का

बलिउडकी सुन्दर अभिनेत्री माधुरी दिक्षितले युवापुस्ताका अभिनेता वरुण धवनसँगै ठुम्का लगाउँदा बलिउड वृतमा सनसनी मच्चिएको छ । उमेरले बुढी भएपनि माधुरीमा भएको जोशलाई मान्नै पर्छ । केही वर्ष अघि ‘ये जवानी हे दिवानी’मा रणविर कपुरसँगै ‘घाग्रा’मा ठुम्का लगाएकी उनले केही दिन अघि सम्पन्न स्टार स्क्रीन अवार्डमा वरुणसँगै ‘तम्मा तम्मा’ बोलको गीतमा ठुम्का लगाएकी हुन् । वरुणसँग ठुम्का लगाएको माधुरीको भिडियो आजभोली भाइरलजस्तै भएको छ । माधुरीको कुनै जवानामा निकै चर्चित सोही बोलको गीतलाई आलिया भट्ट र वरुणले ‘बद्रिनाथकी दुलहनिया’मा रिक्रेट गरेका थिए ।

Leave A Comment