अनुष्काको बिहे

सोमबार, ०३ पुष २०७४, ०३ : २९ शुक्रवार
अनुष्काको बिहे

बलिउडका पछिल्लो समय युवापुस्तामाझ निकै लोकप्रिय अभिनेत्री अनुष्का शर्माको बिहे भएको छ । लामो समयदेखि क्रिकेटर विराट कोहलीसँग प्रेममा रहेकी अनुष्काले विराटसँगै इटालीको टसक्यानीमा विवाह गरेकी हुन् । नजिकका आफन्त र साथीभाई मात्र बोलाइएको बिहे गत डिसेम्बर ९ देखि १२ सम्म धुमधामका साथ गरिएको छ । उनीहरुले परम्परागत पोसाकमा सजिएर हिन्दु शैलीमा विवाह गरेका छन् । विवाहपछि उनीहरुले सामाजिक सञ्जालमा सेयर गरेका तस्बिरमा उनीहरु मुस्कुराइरहेको देख्न सकिन्छ । इटालीबाट फर्केपछि उनीहरुले फिल्मी क्षेत्र र क्रिकेटका साथीभाईलाई मुम्बईमा छुट्टै पार्टी दिनेछन् । बिहेकै कारण अनुष्काले डिसेम्बर महिनाभर फिल्मी कामबाट बिदा लिएकी छन् ।

Leave A Comment