जायरामाथि यौन दुव्र्यवहार

सोमबार, ०३ पुष २०७४, ०३ : ३१ शुक्रवार
जायरामाथि यौन दुव्र्यवहार

आमिर खानको फिल्म ‘दंगल’मा छोरी गीता फोगटको भूमिकाका साथै आमिरकै अर्को फिल्म ‘सेक्रेट सुपरस्टार’की अभिनेत्री जायरा वसिममाथि यौन दुव्र्यवहार भएको छ । दिल्लीबाट मुम्बई जाँदै गर्दा हवाइजहाजमा रहेका पाका मानिसले उनलाई दुव्र्यवहार गरेका थिए । केही समयपछि जायराले रुँदैरुँदै इन्स्टाग्राम लाइभ गरेर सबैसामु आफूलाई पाको उमेरको मानिसले यौन दुव्र्यवहार गरेको बताएकी छन् । १७ वर्षे उनले आफूलाई दुव्र्यवहार भएको भन्दै हावईजहाजका मानिसलाई भन्दा समेत उनीहरुले कान नसुनेझैं गरेपछि उनले आफूमाथि भएको दुव्र्यवहारको भिडियो मोबाइलमा कैद गरेकी थिइन् । केही क्षणमै उनको भिडियो भाइरल भएको छ । सबैले उनलाई बलियो भएर बस्न आग्रह गरेका छन् ।दुव्र्यवहार भएसँगै जायराले प्रहरीमा रिर्पोट लेखाइसकेकी छन् । उता उनीमाथि दुव्र्यवहार भएको घटना थाहा पाएपछि हावईजहाज कम्पनीले समेत दुख मनाउ गर्दै विज्ञप्ती जारी गरेको छ ।

Leave A Comment