चिल्लो छालाका लागि फेसमाक्स

मङ्गलबार, ०४ पुष २०७४, १० : १५ शुक्रवार
चिल्लो छालाका लागि फेसमाक्स

—टमाटर र घिउ फललाई काटेर पेस्ट बनाएर अनुहारमा लगाउने । यसलाई १५ मिनेटसम्म सुख्न दिएर सफा पानीले पखाल्नुपर्छ । यसो गर्दा छाला सफा र चम्किलो बन्छ ।

—एक चम्चा बकिंग सोडामा दुई÷तीन थोपा पानी मिसाएर पेस्ट तयार गर्नुहोस् ।  यसलाई अनुहारमा लगाएर सुकेपछि पखाल्नु  पर्छ ।  यसको रोगाणु नाश गर्ने गुणले गर्दा यसले छालाको चिल्लोपना कम गर्छ ।
—एक चम्चा धुलो कफीलाई थोरै मह मिसाएर पेस्ट बनाएर अनुहारमा लगाएर सुकेपछि सफा पानीले पखाल्नु पर्छ ।  यसले अनुहारबाट चिल्लो पनालाई कम गर्छ ।
—केरा र महको मास्क बनाउनका लागि सुरुमा केरालाई मुछेर लेप बनाएर लेपमा मह मिसाउनु पर्छ । अब त्यो लेपलाई अनुहारमा लगाएर २० मिनेटसम्म राख्नु पर्छ ।  त्यसपछि सफा पानीले अनुहारलाई पखाल्नुपर्छ । यो मास्कले छालालाई सफा र मुलायम बनाउँछ ।

Leave A Comment