नयाँ सौर्यमण्डल कस्तो छ ?

शुक्रबार, ०७ पुष २०७४, १० : ०६ शुक्रवार
नयाँ सौर्यमण्डल कस्तो छ ?

पल रिनकन
अमेरिकाको अन्तरिक्ष खोज एजेन्सी नासाले हालै नयाँ सौर्यमण्डलको आठौँ ग्रह पनि फेला पारेको छ । यो नयाँ सौर्यमण्डल हाम्रै सौर्यमण्डल जत्रै रहेको अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले बताएका छन् । हाम्रो सौर्यमण्डलभन्दा बाहिर खोजिएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो सौर्यमण्डल हो । केप्लर ९० सौर्यमण्डलको यस आठौँ ग्रहलाई केप्लर ९० आई नामकरण गरिएको छ । यो सूर्यको तुलनामा केही तातो र ठूलो पनि छ । खगोलशास्त्रीले यसका चारैतिर घुम्ने अन्य सात ग्रहलाई पहिल्यै खोजिसकेका थिए । ८ ग्रहयुक्त यस सौर्यमण्डलका सबै ग्रहले केप्लर ९० नामक तारालाई परिक्रमा गरिरहेका छन् ।

यस खोजमा गुगलका सफ्टवेयर इन्जिनियर क्रिस्टोफर शैलु हुन् । उनी भन्छन्, ‘हाम्रो सौर्यमण्डलजत्रै केप्लर ९० तारालाई अन्य ग्रहले परिक्रमा गर्ने गर्छन् । गुगलका इन्जिनियरहरुले यो कुरा पत्ता लगाउन आर्टिफिसियल इन्टेलिजेन्स मेसिनको सहयोग लिएका थिए । यही मेसिनको सहयोगले पहिले पत्ता लगाउन नसकिएको ग्रहलाई खोजिएको हो । यो खोज नासाको केप्लर स्पेस टेलिस्कोपको आँकलन, गणित र तथ्यहरुमा आधारित छ । यो सौर्यमण्डलका प्रमुख ग्रहहरु २,५४५४ प्रकाश वर्ष टाढा छ । तर यसको ग्रह हाम्रो सौर्यमण्डलजस्तै क्रममा मिलेर बसेका छन् ।

खोजमा सहभागिता जनाएका अस्टिनस्थित टेक्सस विश्वविद्यालयका एन्ड्रयु वेन्डरबर्ग भन्छन्, ‘केप्लर ९० को ग्रहहरुको प्रणाली हाम्रो सौर्यमण्डलको एउटा सानो रुप हो । यसभित्र र बाहिर अन्य ठूला ग्रह छन् । तर सबै ग्रह निकै नजिक छ ।’ यी ग्रह पृथ्वीबाट सूर्य जति टाढा छन्, त्यति नै दुरी मिलाएर परिक्रमा गर्ने गरेको वैज्ञानिकहरुले बताएका छन् । यो नयाँ संसारलाई केप्लर ९० आई नामकरण गरिएको छ । यसका ग्रहहरुले केप्लर ९० आईलाई १४.४ दिनमा पूरा गर्ने गरेको छ । नासाले यस ग्रहको तापमान करिब ४२५ डिग्री सेल्सियस हुन सक्ने आँकलन गरेको छ । पछिल्लो समय विभिन्न ताराका नजिक भएर तिनलाई घुम्ने ग्रहहरु खोज्ने क्रम तीव्र गतिमा बढेको छ । नयाँ आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयरको क्षमता ह्वात्तै बढेयता नासाले यस्ता ३५ सयभन्दा बढी ग्रह खोजिसकेको छ ।

Leave A Comment