मौसम अनुसारका सौन्दर्य प्रशाधन

शुक्रबार, ०७ पुष २०७४, १० : ४२ शुक्रवार
मौसम अनुसारका सौन्दर्य प्रशाधन

जाडो होस् वा गर्मी हरेक मौसममा महिलाले मात्र नभई पुरुषले पनि सौन्दर्यका प्रशाधनको प्रयोग गर्ने गर्छन् । कुन मौसममा कस्तो सौन्दर्य सामग्रीको प्रयोग गर्दा राम्रो हुन्छ भन्ने बुझी मौसमअनुसारका विभिन्न किसिमका सौन्दर्य प्रशाधनको प्रयोग गरिन्छ । यसका लागि आफूले प्रयोग गर्ने सौन्दर्य प्रशाधनको बारेमा राम्रो ज्ञान हुनु आवश्यक छ, होइन भने अनुचित प्रयोगले मेकअप राम्रो देखिनुको सट्टा झन् नराम्रो, भद्दा देखिन्छ ।
–‘केमाइन लोसन’ हल्का गुलाफी वा बदामी रङको औषधियुक्त तरल पदार्थ हो । यो घामबाट जलेको छालाका लागि लाभदायक हुन्छ । यसलाई  ड्राई स्किनमा प्रयोग गर्न सकिन्छ ।
–‘क्लिजिङ मिल्क’ यो दूधजस्तो सेतो रङको तरल पदार्थ हो । यसको प्रयोग मेकअप पूर्व र पछि राति सुत्नुअघि छालाको सफाइका लागि गरिन्छ । यसले छालामा भएको फोहोर, धुलो र मेकअपलाई हटाई सफा बनाउँछ । यसले हाम्रो शरीरमा भएका रौंका सानासाना प्वाल (कुप) लाई खोल्छ । यो सबै किसिमको छाला सफा गर्न प्रयोग गरिन्छ ।
–‘व्लिचिङ क्रिम’ नचाहिने रौंलाई हटाउनका लागि यसको प्रयोग गरिन्छ । यसले रौंको रङलाई हल्का गर्छ, जसले गर्दा रौंको रङ छालाको रङसँग मिल्न जान्छ । जसले गर्दा रौं सजिलैसँग देखिदैन ।
–‘ब्यूटी मास्क वा फेस मास्क’ अनुहारको छालामा निखार ल्याउनका लागि यसको प्रयोग गरिन्छ । यसले छालालाई स्वस्थ राख्न मद्दत गर्छ । यसको प्रयोग गर्दा अनुहारलाई राम्रोसँग सफा गरी आँखा माथि गुलाव जलले भिजेको कपास राख्ने  । आईब्रोलाई छोडेर पूरै अनुहार र घाँटीको अगाडिको भागसहित पूरैमा यो लेप लगाउनुपर्छ । यसले छालामा कोमलता र छालालाई सफा गर्छ ।
–‘एस्टाजेन्ट लोसन’तैलीय (ओइली) छालाको चिल्लोपनलाई नियन्त्रण गर्नका लागि प्रयोग गरिन्छ । यो मेकअपभन्दा पहिले प्रयोग गरिन्छ । यसको प्रयोगले मुख्यतः खुलेको रौंको प्वाललाई बन्द गर्छ । यो प्रयोग गरेर मेकअप गर्दा मेकअप बढी समयसम्म टिक्छ ।
–मौसमको फेरबदलले छालालाई प्रभावित गरिरहेको हुन्छ । यसबाट बच्नका लागि छालामा मोस्चराइजरको आवश्यक हुन्छ । यस्तो अवस्थामा ‘बैनिसिङ’ क्रिमको प्रयोग आवश्यक हुन्छ । यो सामान्य र चिल्लो छालाका लागि विशेष लाभदायक हुन्छ । शृंगार गर्नुभन्दा पहिले यसको प्रयोगले शृंगार बढी समयसम्म रहन्छ ।
–‘कोल्ड क्रिम’को नामले नै थाहा हुन्छ । यसको प्रयोग जाडो समयमा मुख्य रुपले गरिन्छ । यसलाई क्लिजिङ क्रिमको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसले जाडोमा चिसो हावाबाट छालालाई जोगाई राख्न मद्दत गर्छ ।
–‘ह्यान्ड क्रिम’प्रायःहातको छालालाई राम्रो बनाउनका लागि यसको प्रयोग गरिन्छ । यसको प्रयोगले समयभन्दा अगाडि नै छाला चाउरी पर्नबाट बचाउँछ ।
–‘क्लिन्जर’को प्रयोगले छालाको रांैको प्वाललाई खुलाउँछ । त्यसलाई टोनरले बन्द गर्ने काम गर्छ । यसले छालालाई स्वाभाविक सौन्दर्य प्रदान गर्छ । यसको प्रयोग मोस्चराइजरको रुपमा पनि गर्न सकिन्छ ।
–‘मोस्चराइजर’ले छालाको स्वाभाविक नमी प्रदान गर्छ ।
–‘आईब्रो पेन्सिल’ले आईब्रोलाई सही आकार दिन्छ । कहिले काहीँ यसको प्रयोग ‘आइलाईनर’को रूपमा पनि गरिन्छ ।
–‘आईलाईनर’ तरल र सुख्खा दुवै किसिममा पाइन्छ । यो ‘आईलिड’को माथिल्लो भागमा सावधानीपूर्वक लगाउनुपर्छ । यसका लागि अभ्यासको आवश्यकता पर्छ । तरल लाईनर ब्रसको सहायताले छालाको परेली माथि’माथी चौडाइ लिँदै लगाउनुपर्छ । आईलाईनर विभिन्न कलरमा पाइन्छ । खैरो र ग्रे रङ (हल्का खरानी कलर) को लाईनर दिनमा उपयुक्त हुन्छ भने राति वा साँझको समयमा अन्य रङको प्रयोग गर्न सकिन्छ ।
–‘आई स्याडो’ले आँखाको शृंगारमा उल्लेखनीय भूमिका खेल्छ । यो परेलीको बीचमा लगाइन्छ । यो लगाउँदा आईब्रो माथि भएको अनुभव हुन्छ । यो तरल र सुख्खा दुवै किसिममा उपलब्ध हुन्छ । यो ब्रसको सहायताले लगाइन्छ । आइस्याडो आई लैसिजको नजिकबाट सुरु गरी परेलीको मध्यभागसम्म लगाइन्छ । यो परेलीको बीचमा फैैलाउँदै लैजानुपर्छ । यो कपडाको रङअनुसार छनोट गर्नुपर्छ ।
–‘आई मेकअप रिमुभर’को नामले नै थाहा हुन्छ कि यो आँखाको मेकअप हटाउन प्रयोग गरिन्छ । यो सुत्नुअघि प्रयोग गरी आँखाको मेकअप हटाइन्छ । मेकअप लगाएर सुत्दा छालामा प्रतिकूल प्रभाव पर्न सक्छ ।
–‘आई लेसेज’यो एक किसिमको कृत्रिम परेली हो । जुन महिलाको परेली कम वा छरिएको छ भने यसको प्रयोग गरी आँखाको सुन्दरता बढाउन सकिन्छ । यो विभिन्न आकार र रङमा पाइन्छ । यो आफैंले पनि लगाउन सकिन्छ ।
–‘लिप पेन्ट्स वा कलर्स’मा लिप पेन्सिल, लिपस्टिक र लिप ग्लास आदि पर्छन् । यसको प्रयोग गर्दा पहिले लिप पेन्सिलले आउट लाइन बनाएर आउट लाइनको भित्र लिपस्टिक लगाउने गरिन्छ । त्यसपछि लिप ग्लास लगाउने गरिन्छ । लिप ग्लास तरल र क्रिमी दुवै प्रकारमा पाइन्छ ।
–‘नेल पोलिस’ विभिन्न कलरमा पाइन्छ । यसले नङको चमक बनाई राख्छ साथै नङलाई विभिन्न कलर प्रदान गर्छ । यो ब्रसले लगाइन्छ । यो कपडाको रङसँग मेल खाने गरी लगाउनु उपयुक्त हुन्छ ।
–‘तरल फाउन्डेसन’ साधारण छालाका लागि उपयुक्त हुन्छ । यसमा चिल्लो तŒव हुन्छ, जसले चमक ल्याउँछ । यसको प्रयोगले अनुहारको कमी कमजोरीलाई लुकाउँछ ।
–‘क्रिम फाउन्डेसन’ले सामान्य छालाको कमीलाई लुकाउँदै प्राकृतिक लुक दिन्छ ।  
–‘फेस पाउडर’ अनुहारको रङ फाउन्डेसन र त्वचाको रङअनुरूप हुनुपर्छ । फाउन्डेसन सुकेपछि मात्रै पाउडर लगाउनु पर्छ । फाउन्डेसन माथि या (गर्दन) घाँटीबाट सुरु गर्दै माथि लगाउनु पर्छ, तर कपालमा लगाउनु हुँदैन । लगाउनलाई पफको प्रयोग गर्नुपर्छ । बढी भएको पाउडरलाई टिस्यु पेपरले पुछ्नु पर्छ ।

Leave A Comment