नीताको भिडियो प्रेम

आइतबार, ०२ साउन २०७३, १२ : ५३ शुक्रवार , Kathmandu
नीताको भिडियो प्रेम

अभिनेत्री नीता ढुगांना फिल्ममा खासै जम्न सकेकी छैनन् । उनले निकै आशा राखेको फिल्म ‘फूलैफूलको मौसम तिमीलाई’ पनि हलमा चल्न सकेन । फिल्मबाट चर्चा कमाउन नसकेकी नीताको म्युजिक भिडियो प्रेम भने गज्जबकै छ । करिअर धान्न र अभिनयको तिर्सना मेट्न उनी म्युजिक भिडियो भने लगातार खेलिरहेकी छिन् । भिडियोमा उनलाई अभिनय गराउनेहरू भीड पनि बढ्दै छ । उनको परिचय नै अभिनेत्रीभन्दा पनि मोडलमै सीमित पो हुने कि ?

 

Leave A Comment