सोहाको स्वीकारोक्ति

शुक्रबार, ०७ पुष २०७४, ११ : ४४ शुक्रवार
सोहाको स्वीकारोक्ति

बलिउड अभिनेत्री सोहा अलि खानले अभिनेत्रीका रुपमा आफूलाई परिवारबाटै प्रोत्साहन नगरिएको रहस्य उजागर गरेकी छन् । लण्डन पुगेर अक्सोफोर्डबाट अर्थशास्त्र र राजनीतिमा मास्टर्स डिग्री गरेकी उनलाई परिवारका कसैले पनि अभिनय गर्दा उत्साहित नबनाएको बताउँछिन् । बाबुले पनि उनलाई व्यावसायिक काममा हात हालेको हेर्न चाहन्थे तर यति हुँदाहुँदै पनि परिवारले आफूलाई मन लागेको काम गर्न भने छुट दिएको हुँदा आज आफू अभिनेत्री बन्न सफल भएको बताएकी छन् । सोहा चर्चित अभिनेत्री शर्मिला टेगेर र मन्सूर अलि खान पटौदीकी पुत्री हुन् । सैफ अलि खानकी बहिनी उनले बलिउडमा शादी नम्बर १, रंग दे वसन्ती, मुम्बई मेरी जान, तुम मिले जस्ता सफल फिल्म दिइसकेकी छन् ।

Leave A Comment